पोखरामा महिन्द्राले ल्यायो ‘महिन्द्रा उत्सव, महिन्द्राको छड्के सलाम’ योजना

हिमाली आवाज । गण्डकी धौलागिरीका लागि महिन्द्रा ट्रयाक्टरहरूको आधिकारिक वितरक बतास ब्रदर्श प्रालिले दशैं, तिहार र छठ पूजालाई लक्षित गरि ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको छ ।

यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू बतास ब्रदर्श महिन्द्राका बिक्री प्रवन्धक पुष्पराज बरालले बताउनुभयो । बरालका अनुुसार यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्ड मार्फत पहिलो मौकामा हात खाली नहुने नगद इनामको छुट प्राप्त गर्नेछन् । साथै बम्पर इनाममा १ लाख, २ लाख र ४ लाख नगद जित्ने थप तिन मौकाहरू प्राप्त गर्नेछन् ।

“बम्पर इनाम, ३ जना भाग्यशाली विजेताहरुलाई ‘लक्की ड्र’ कार्यक्रममार्फत छनौट गरी प्रदान गरिने व्यवस्था गरिएको छ । यसका साथै, लक्की ड्र मार्फत दिइने नगद इनाम लोकप्रिय नेपाली अभिनेत्री स्वस्तिमा खड्काको हातबाट हस्तान्तरण हुनेछ र विजेताहरूले औपचारिक भेटघाट कार्यक्रममा अभिनेत्री स्वस्तिमालाई भेट्ने मौका समेत प्राप्त गर्नेछन् ।” बरालले भन्नुभयो ।

यस योजनामार्फत महिन्द्रा ट्रयाक्टरले नयाँ ट्र्याक्टर ग्राहकहरूलाई ट्रयाक्टर खरिदमा विभिन्न छुट तथा इनाम प्रदान गर्दै चाडपर्वको माहौलमा अझ उमङ्ग थप्ने र सम्बन्ध प्रगाढ बनाउने लक्ष्य रहेको बिक्री प्रवन्धक बरालले बताउनुभयो । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेड रहेको छ ।

Comments
Loading...