पोखराका पत्रकार पौडेललाई ५० हजार राशीको ऋषिलिला पुरस्कार

हिमाली आवाज । पोखराका पत्रकार वासुदेव पौडेललाई यस वर्षको ‘ऋषिलिला पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिने भएको छ । पोखरा वृद्धाश्रमद्वारा सञ्चालित सो पुरसकारको राशी रु ५० हजार र सम्मानपत्र रहेको छ । पौडेल राष्ट्रिय समाचार समिति(रासस)का गण्डकी प्रदेश प्रमुख हुनुहुन्छ ।

अग्रज पत्रकार रविन्द्र वास्तोलाको संयोजकत्वमा गठन गरिएको प्रतिभा छनोट समितिले पत्रकार पौडेलको नाम सर्वसम्मत सिफारिस गरेकामा वृद्धाश्रम सञ्चालक समितिको बैठकले छनोट समितिको सिफारिस अनुमोदन गरेको वृद्धाश्रमका सचिव धर्म गुरुङले जानकारी दिनुभयो ।

छनोट समितिमा अधिवक्ता वेदनाथ भण्डारी, पोखरा १५ का पुर्व वडासदस्य पार्वती थापा एवम् पदेन सदस्यमा बृद्धाश्रमका अध्यक्ष कुुसुमकेशव पराजुुली र सचिव धर्मबहादुर गुरुङ रहनुुभएको थियो ।
पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएका प्रजातन्त्र सेनानी एवम पोखरा बृद्धाश्रमका संस्थापक अध्यक्ष स्व ऋषिकेशव पराजुली र उहाँका धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशवले पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो ।

पत्रकारिताका माध्यमबाट पोखरा वृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई बृद्धाश्रमले वर्षेनी सम्मान गर्दै आएको छ ।पुरस्कृत हुन लाग्नु भएका पौडेल राससबाट दुुई पटक वर्ष उत्कृष्ट आलेख पुरस्कार प्राप्त गर्नुुभएको छ ।

पौडेलले पत्रकारिताका माध्यमबाट समाजमा योगदान पुु¥याएवापत दहचोक एकता सम्मान, चन्द्रागिरी पत्रकार सम्मान, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, गाउँ पर्यटन पत्रकारिता पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार, संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गर्नुुभएको थियो ।
उहाँ पर्यटन सम्बद्ध एनटिभिए, एगा, टेवान लगायत संघसंस्था, एग्रो टुरिज्म सहकारी, सिलिङ्गे महिला चेतना समूह, मिलनसार सहकारी लगायतबाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ ।

विसं २०५३ मा स्थापना भई असहाय एवम् विपन्न ज्येष्ठ नागरिकको सेवा संरक्षणमा क्रियाशील रहँदै आएको पोखरा वृृद्धाश्रममा हाल देशका विभिन्न जिल्लाका ५० जना ज्येष्ठ नागरिक १० जना अपाङ्गता भएका ब्यक्तिहरु एवम स्याहारकर्ताले आश्रय लिदै आउनुुभएको छ ।

आश्रमले विशेष गरी पोखरा महानगरका ज्येष्ठ नागरिकलाई प्याथोलोजी, मनोपरामर्श र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ ।

Comments
Loading...