पोखरामा टिभिएसका रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटरको बिक्री शुभारम्भ

हिमाली आवाज । पोखरामा टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कूटीका फ्युल इन्जेक्सन भेरियन्टको बिक्री शुभारम्भ गरिउको छ ।

पोखराका लागि टिभिएको आधिकारिक बिक्रेता नयाँबजारस्थित स्क्वायर मोटर्स प्रालिले आज एक कार्यक्रमकाबीच बाइक तथा स्कुटरको बिक्री शुभारम्भ गरेको हो ।

स्क्वायर मोटर्स प्रालिका डाइरेक्टरहरु सविना महर्जन, चाहना अधिकारी र सन्ध्या जोशीले बाइक र स्कुटर अनावरण गर्नुभएको हो ।टिभिएसले यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु बिएस ( भिआइएफआइ ) प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भुत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको जनाएको छ ।

यी नयाँ उत्पादनहरु एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिश डिजाइनका साथ उत्कृष्ट प्रदर्शनका लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखी बनाइएको स्क्वायर मोटर्सका बिक्री प्रवन्धक सन्तोष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,“ हाम्रो मिलेनियल र डिजिटलाइजेसनमा निर्भर ग्राहकहरुका लागि स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त, आउने पीढिलाई उपयुक्त हुनेगरी आफ्नो उत्पादनहरु अघि बढाउँछौ।”

टिभीएस राइडर (एफआइ), टिभीएस एनटर्क (एफआइ) र टिभिएस रेडिआन(एफआइ) को नयाँ भेरियन्ट पोखरामा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी भएको र यी नयाँ मोडेलहरूको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले ग्राहकहरुलाई लोभ्याउने स्क्वार मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले बताउनुभया । उहाँका अनुसार रोमाञ्चकता, आराम, र आधुनिक सवारी अनुभव खोज्ने राइडरहरूका लागि विशेष ध्यान दिएर यी साधन बनाइएको हो ।

टिभिएस रेडर एफआइको मूल्य रु दुई लाख ९२ हजार नौ सय , टिभिएस एनटर्क एफआइको मूल्य रु दुई लाख ७९ हजार नौ सय तथा टिभिएस रेडिअन एफआइको मूल्य रु दुई लाख ३६ हजार नौ सय तोकिएको टिभिएका म्यानेजर प्रेम कार्कीले बताउनुभयो ।

टिभिएस रेडर एफआइ भेरियन्ट : टिभिएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बीच लोकप्रिय रहेको छ। हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पुर्याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ ।
फ्युल दक्षता ः यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस् कि लामो सवारीको लागि किफायती बनाउँछ।
उत्तम प्रदर्शनः राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन्।
परिष्कृत स्टाइलिङः टिभिएस रेडर एपÞmआइ भेरियन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रंगहरुमा उपलब्ध छ ।

टिभिएस एनटर्क भेरियन्टः टिभिएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ। यस भेरियन्टमा पाइने कुराहरु ः
सुपीरियर थ्रॉटल रेस्पोन्सः उन्नत एफआइ प्रणालीले राइडरहरु बीच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ।

इको–फ्रेन्डली राइड ः राम्रो फ्युल व्यवस्थापनको साथ, टिभिएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्न मदत गर्दछ ।

अत्याधुनिक डिजाइनः एफआइ भेरियन्टले एनटर्कको आइकोनिक डिजाइन एलीमेंटहरु कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ ।

टिभिएस रेडिअन एफआइ भेरियन्टः आधुनिक यात्रीको लागि डिजाइन गरिएको टिभिएस रेडिअन एफआइले १५ % माइलेज दिन्छ , जसले हरेक यात्रालाई स्मार्ट, सहज र प्रभावकारी बनाउँछ। यस भेरियन्टमा पाइन सकिने फाइदाहरु ः

स्थायित्वः रेडिअन एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने माइलेज र प्रदर्शन दिन्छ। यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ।

आरामदायी र सुविधाजनक ः यस भेरियन्टमा भएको लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल, दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल गियर सेल्फ–स्टार्ट सुविधाले , सवारीको अनुभव बढाउन्छ।

सुरक्षित ः सुरक्षालाई ध्यानमा राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक, र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ, ।

Comments
Loading...