हाम्रो सामुदायिक बचत सहकारीको साधारणसभा,सहकारीमा ढुक्क भएर लगानी गर्नुहोस्:सांसद पहारी

हिमाली आवाज । गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।

पोखरा महानगर पालिका वडा नं ६ मा अवस्थित हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको १४ औ बार्षिक साधारण सभाको मंगलबार उद्घाटन गर्दै उहाँले संस्थाले विगत गरेको काम बाट शिक्षा लिएर अगाडि बढेमा संस्थाको भविश्य उज्वल रहने विश्वास ब्यक्त गर्नुभयो ।

सहकरीले आफ्ना शेयर सदस्यहरुको पिर मर्का बुझेर सहयोग गर्ने सके सहकारी को महत्व पहारीको भनाई छ । “नेपालको कुल ग्राहस्थ उत्पादनमा सहकारीको ४ प्रतिशतको देन रहेको छ । ७० हजार भन्दा बढीलाई रोजगार दिएको सहकारीहरुको बारेमा चलेको नकारात्मक हल्लाले समग्र सहकारीलाई एउटै नजरले हेर्नु हुँदैन ।” पहारीले भन्नुभयो ।

सल्लाहकार चुडामणी पहारीले आफ्नो सहकारीको वित्तीय अवस्था कस्तो छ र कसरी सञ्चालन भएको छ भनेर सेयर सदस्य आफैंले चासो राख्नुपर्ने बताउनुभयो ।सल्लाहकार पम्फा पहारीले सहकारीले आफ्ना सदस्यहरुलाई उत्पादन मुलक कार्यमा लगाउन पर्नेमा जोड दिनुभयो ।

पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य पवित्रा थापाले संस्थाले उदपादनशिल क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल दिन सक्ने बताउदै, सहकारीले ऐन÷कानुनको पालना गरी अगाडी बढनु पर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष एवमं कार्यक्रमका सभापति लक्ष्मी नाराण श्रेष्ठले शेयर सदस्यहरुको हकहितलाई ध्यान मध्यनजर गर्दै आगामी कार्ययोजना अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष नेत्र भण्डारीले पछिल्लो समय सञ्चालक समेतको मिलेमतोमा कमसल धितो राखेर ऋण लगानी भएका सहकारीहरू समस्याग्रस्त रहेको र तिनीहरूले चाहेर पनि बचतकर्ताको बचत रकम फिर्ता गर्न सक्ने अवस्था नरहेको भनाई राख्नुभयो ।
शेयर सदस्य तथा नमुना आमा समुह बैदामकी अध्यक्ष जुना अधिकारीले सहकारीले शेयर सदस्यहरु प्रति गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

संस्थाका सचिव चिरञ्जिवि पोखरेलले प्रस्तुत गरेका सचिबको प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद ढकालले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदन, ऋण लगानी तथा असुली उपसमितीका संयोजक भरत बहादुर पौडेलले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु प्रसाद बरालले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन उपर छलफल गरी आवश्यक सुझाब सहित पारित गरिएको छ ।

संस्थाका उपाध्यक्ष भरत बहादुर पौडेल स्वागत गरेको कार्यक्रमा संचालक सदस्य जमुना पराजुलीले सहकारी सात सिद्धान्त वाचन गर्नुभयो ।
वि.स २०६७ सालमा स्थापना भएको सहकारीमा ९ सय ५ जना शेयर सदस्य रहेका छन ।

शेयर पुजि ८ करोड ८ लाख २२ हजार ८ सय रहेको सहकारीको कर्जा लागनी २५ करोड ७१ लाख ५० हजार ९ सय ७१ रुपैया रहेको छ भने, आव ८०÷८१मा संस्थाले ६१ लाख ५४ हजार ६ सय ५६ रुपैया नाफा कमाउन सफल भएको सभामा जानकारी गराइएको थियो । साधारण सभाको अबसरमा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचत कर्ता, माध्यमिक र स्नातक तहमा सर्वाेकृष्ट हुने शेयर सदस्यका छोरा छोरीलाई पुरस्कृत गरिएको यियो । सभामा अघिल्लो आर्थिक वर्षभरमा उत्कृष्ट कारोबार र उत्कृष्ट बचत गर्नेहरुलाई सम्मान गरियो ।

Comments
Loading...