व्यवस्थापनका अब्बल विद्यार्थीलाई प्रतिभा माविको सम्मान

हिमाली आवाज । विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ । पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ जना विद्यार्थी सोमबार सम्मानित भएका थिए । सम्मानित विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए ।

व्यवस्थापन संकाय अन्तर्गत बिआइटी, बिएससी सिएसआईटी, सिए, बिबिए, बिएचएम, बिसिएस, बिआईएममा ती विद्यार्थीले पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्राचार्य किरण सापकोटा सहितले विद्यार्थी र उनीहरुका अभिभावकलाई विद्यालयमा आयोजित कार्यक्रममा सम्मान गर्नुभयो ।

प्राचार्य सापकोटाले अहिलेको सफलताले विद्यालयलाई हौसला मिलेको बताउनुभयो । उहाँले प्रतिभाले हरेक वर्ष इतिहास रच्दै आएको पनि बताउनुभयो । ‘इतिहास कायम गर्ने मात्र नभई निरन्तरता दिन ठुलो कुरा हो । यो वर्ष प्रतिभाले हरेक क्षेत्रमा इतिहास रच्दै आएको छ । यो सबैको प्रयासले सफल भएको हो,’ सापकोटाले भन्नुभयो, ‘यो सफलताले प्रतिभालाई आगामि दिनमा थप हौसला मिलेको छ ।’

सफल भएका विद्यार्थी भविश्यको व्यवस्थापन क्षेत्रमा अब्बल जनशक्तिको रुपमा तयार भएर आउने उहाँको विश्वास छ । ‘अहिले सफल विद्यार्थी भविश्यका अब्बल जनशक्ति हुन् । हरेक घरदेखि व्यावसायसम्म व्यवस्थापनको जनशक्ति आवश्यक हुन्छ,’ सापकोटाले भन्नुभयो । प्रतिभाले अघिल्लो साता विज्ञान विषय अन्तर्गत विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीलाई यसैगरि सम्मान गरेको थियो ।
कार्यक्रममा छात्रा दिपिकाकुमारी शर्माले प्रतिभाले देखाएको मार्गले आफुलाई सफल बनाउन सकेको बताउँदै हरेक क्षेत्रमा मेहनत गर्ने हो भने सफलता हात पर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले प्रतिभाले हरेक क्षेत्रमा उपलब्धिको ग्राफ कोरिरहेको बताउनुभयो । अहिलेको सफलतामा सबैको योगदान रहेको उहाँको भनाई छ ।

Comments
Loading...