कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ

हिमाली आवाज । जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनाका अवधिमा ८६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
कार्यालयका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि भदौ १ देखी ३१ गतेसम्मका अवधिमा ६३ जना पुरुष र २३ महिला फरार प्रतिवादी पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“सम्मानीत अदालतको फैसला कार्यान्वयन गर्न विभिन्न मुद्धामा सजाय तोकिएर फरार रहेका प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखेका छौँ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट त्यसका लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ”

पक्राउ परेकाहरुको कैद हिसाब गर्दा आठ वर्ष १० महिना एक दिन हुन आउँछ । उनीहरुबाट रु ४६ लाख ९२ हजार नौ सय जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये चेक अनादार मुद्दामा ५२, लागूऔषध मुद्दामा नौ, चोरीसम्बन्धी मुद्दामा एक , अपहरण तथा शरीर बन्धकमा एक, हातहतियार तथा खरखजना मुद्धामा एक, नागरिकता तथा छाप दस्तखत किर्ते मुद्धामा एक, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा दुई जना रहेका छन् ।

यसैगरी बाल यौन दुरुपयोग मुद्दामा दुई, बैंकिङ कसूर मुद्दामा छ जना, अभद्र व्यवहारमा तीन, लेनदेनमा तीन, सवारी ज्यान मुद्धामा दुई र जालसाझीमा मुद्धामा तीन जना रहेको प्रनाउ शर्माले जानकारी दिनुभयो ।

Comments
Loading...