हिमाली आवाज । पोखराको लामाचौरमा मंगलबारदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले जित हासिल गर्दा पुरुषतर्फ एपिएफ र पुलिस विजयी भए ।
महिलातर्फ एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुआत गरेको छ । एपिएफले पहिलो सेट २५–१४ र दोस्रो सेटमापनि २५–१४ कै जित निकाल्यो ।
तेस्रो सेटमा एक समय १३–२० ले पछि परेको एपिएफले लगातार अङक बटुल्दै १९–२० को स्थितिमा खेल पु¥याँदै २४–२४ को बराबरीमा पुु¥याएपनि उक्त सेट गण्डकीले २६–२४ ले आफ्नो पक्षमा पा¥यो ।चौथो सेटमा पुनः खेलमा फर्कदै एपिएफले २५–२३ को सेटमा हराउँदै प्रतियोगितामा जित सहित सुरुआत गरेको छ ।
दोस्रो खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराउँदै विजयी भयो । पहिलो सेटमा २५–१४ को जित निकालेको न्यु डायमण्डले दोस्रो सेट २५–१२ र तेस्रो २५–१७ को सहज जित निकाल्न सफल भयो ।
पुुरुषतर्फको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–१ को सेटमा हराउन सफल भयो । पहिलो सेट २५–१७ ले जितेको एपिएफ दोस्रो सेटमा २५–२७ ले पछि प¥यो । तेस्रो सेटमा खेलमा फर्किएको एपिएफले २५–१६ र चौथो सेटमा २६–२४ ले हराउँदै पहिलो जित दर्ता गराएको हो ।
दिनको अन्तिम खेलमा घरेलु टोली गण्डकी प्रदेशलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पाखा लगाएको छ । पहिलो सेट २५–१७ ले जितेको पुलिसले दोस्रो सेटमा २५–२१ को जित निकाल्दै जिततर्फ लम्किएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा पुलिसलाई जित निकाल्न हम्मे हम्मे प¥यो । खेलमा फर्कने प्रयास गरेपनि गण्डकीमाथि पुलिसले ३०–२८ को जित निकाल्न सफल रह्यो ।
राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिताको महिलातर्फ गण्डकी प्रदेश भलिबल संघ, एभरेष्ट क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब र एपिएफ क्लब सहभागि छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपिएफ क्लब, ट्राभल इन्क्वाइरी गलकोट र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ ।
बुधबारको पहिलो खेल महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोर्टस र गण्डकी प्रदेश बिच तथा दोस्रो खेल महिलातर्फ एपिएफ क्लब र एभरेष्ट भलिवल क्लब बीच हुनेछ । यसैगरी पुरुष तर्फ नेपाल पुलिस क्लब र ट्राभल इन्क्वाइरी गलकोट बीच र गण्डकी प्रदेश र एपिएफ क्लब हुने आयोजक संस्थाका अध्यक्ष स्वागतसिँह भण्डारीले जानकारी दिनुभयो ।आगामी भदौ २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन महिलातर्फ दुई र पुरुषतर्फ दुई गरी चार खेल हुनछन् ।
प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद रु एक लाख ५० हजार एक सय ११, रु एक लाख एक सय ११ र ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।