हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट नेपाल निर्माण उद्योग परिषद् कास्कीको अध्यक्षमा सुवर्ण श्रेष्ठ चयन हुनुभएको छ ।
पोखरामा आज सम्पन्न परिषद्को अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको हो । परिषद्को उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा उत्तम सिग्देल, सहसचिव प्रकाश बराल र कोषाध्यक्ष रोशन केसी हुनुहुन्छ ।
यसैगरी सहकोषाध्यक्षमा सञ्जय कमर तथा सदस्यहरुमा इन्जिनियर अनुषा पहारी, स्वीकार पोखरेल, वीरेन्द्रकुमार श्रेष्ठ, ई. श्रवण लम्साल, सुदीप बुढामगर, सरोज भुजेल र आकाश बराल रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निर्माण क्षेत्रमा क्रियाशील सबै व्यवसायीको हक हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।