हिमाली आवाज । पोखराको मदरल्याण्ड माविले कक्षा १२ को नतिजामा यस वर्ष पनि नेपाल टप गर्न सफल भएको छ । शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा विज्ञान संकायकी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउन नेपाल टप गर्न सफल हुनुभयो ।
यो नतिजा देशभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको दाबी छ । सदीक्षा पोखरा–१७ निवासी हुनुहुनछ । अरु ३ जना विद्यार्थीको ३.९५ जिपिए आएको प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिनुभयो ।
विज्ञान संकायका विनम श्रेष्ठ र प्रशील लामिछाने तथा व्यवस्थापन संकायबाट प्रशंसा बरालको ३.९५ जिपिए आएको हो । यस्तै, व्यवस्थापन संकायकै प्रसिम आचार्यले ३.९२ जिपिए ल्याउनुभयो । गत वर्ष मदरल्याण्डका ३ जना विद्यार्थी नेपालमै टपर भएका थिए ।
व्यवस्थापन संकायका राजेश पौडेल तथा विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापाले ३.९६ जिपिए ल्याएपछि विद्यालयले जनही २ लाखसहित पुरस्कृतसमेत गरेको थियो ।