पोखरामा हाइलक्स र मोटसाइकल ठोक्किए, चालकको मृत्यु

हिमाली आवाज । पोखरामा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पोखराको लेकसाइड स्थित हल्लनचोकमा ग ३ च ३४५७ नम्बर को हाईलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक पोखरा–८ का २६ बर्षीय ईश्वर परियारको मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

उहाँका अनुसार दुर्घटनामा परि घाइते भएको परियारको उपचारको लागी गण्डकी मेडिकल कलेज लगिएकामा उपचारको क्रममा चिकित्सकद्वारा मृत घोषणा गरेका थिए ।

प्रहरीले दुबै सवारी साधन र हाईलक्स चालक बर्दिया ठाकुर बाबा नगरपालिका–८ स्थायी घर भई पोखरा वडा १७ ड्यामसाईड बस्ने ३० वर्षीय सुशिल दहितलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Comments
Loading...