पोखरामा तालमा डुबेर ६ वर्षीय बालकको मृत्यु

हिमाली आवाज । पोखरामा तालमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।आज दिउसो ३ः१५ बजेको समयमा पोखरा महानगरपालिका–२६ गुदेतालमा डुबेर ६ वर्षीय बालक सचिन परियारको मृत्यु भएको छ ।

बाबु विकास परियारसँग माछा मारेको हेर्न गएका बालक अचानक तालमा डुबेपछि परिवारका सदस्य र स्थानीयले तत्काल उद्धार गरेका थिए । बालकलाई उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Comments
Loading...