पोखराको सगरमाथा : उत्कृष्ट नतिजाले कहलिएको विद्यालय

हिमाली आवाज । पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा माध्यमिक विद्यालयले आफ्नो छुट्टै पहिचान कायम गरेको छ । उच्च शिक्षा अध्ययनका लागि  अधिकाँस विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने गरेको विद्यालयले शिक्षा क्षेत्रमा आफ्नो फरक पहिचान बनाएको छ ।

स्थापनादेखीनै देशभित्र उत्कृष्ट १० विद्यालय मध्येमा पर्दै आएको सगरमाथाले कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा हासिल गरेकालेनै अभिभावक र विद्यार्थीको रोजाईमा पर्ने गरेको हो ।

यो विद्यालय देशमै कहलिएको विद्यालयमा पर्ने गरेको छ । सगरमाथाको शैक्षिक वातावरण अन्यत्र भन्दा अलि फरक छ । विद्यालयका संस्थापकहरुलेनै कक्षा लिने भएकाले राम्रो नतिजा जहिले पनि प्राथमिकतामा पर्ने गरेको छ ।

सगरमाथा माध्यमिक विद्यालयका प्राचार्य धनबहादुर थापा संस्थापकहरु आफैले अध्यापन गर्ने भएकाले समेत विद्यालयको शैक्षिक वातावरण र नतिजा जहिले पनि राम्रो हुने बताउनुहुन्छ । थापाका अनुसार संस्थापक आफैँले अध्यापन गर्ने भएकाले विद्यार्थीको कमजोरी थाहा हुने र सुधारका लागि समेत शिक्षकहरु आँफै निर्णय लिन स्वतन्त्र हुनुहुन्छ ।

“ हाम्रो विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु समेत अनुभवि हुनुहुन्छ, उहाँहरु लामो समयदेखी शिक्षा क्षेत्रमा समर्पित छन् । विद्यालयका संस्थापकहरु आफैले कक्षा लिने भएकाले व्यवस्थापकीय निर्णय लिन समेत सहज भएकाले विद्यालयको शैक्षिक वातावरण अन्यत्र भन्दा राम्रो छ ।”  प्राचार्य थापाले भन्नुभयो ।

विसं २०५७ मा स्थापना भएको सगरमाथाले पोखरामा मात्र नभई देशमै आफ्नो पहिचान बनाएको छ । स्थापना समयदेखी देशभित्र उत्कृष्ट १० भित्र पर्दै आएको विद्यालयले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन । उत्कृष्ट शैक्षिक नतिजाका कारणले विद्यालय निरन्तर ‘टप टेन’भित्र पर्ने गरेको प्राचार्य थापाले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयले विसं २०६२, २०६४ र २०६५ मा निजी र संस्थागत कलेजहरुतर्फ गण्डकी प्रदेशमै क्षेत्रीय अवार्ड समेत प्राप्त गर्न सफल भयो ।विद्यालयबाट उत्पादित विद्यार्थीहरुले आफ्नो पेशामा उत्कृष्टता कायम गरेका छन् । जसले गर्दा अहिले अधिकाँस विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आइरहेको छ ।

प्राचार्य थापाले गुणस्तरीय शिक्षाका कारण विद्यालयबाट उत्पादित विद्यार्थी आफ्नो पेशामा जहिलेपनि अब्बल बन्न सकेको बताउनुहुन्छ ।
थापाले भन्नुभयो,“ स्थापनाको समयमा जसरी हामीले देशमै उत्कृष्ट नजिता हासिल गरेर सम्मानित भएका थियौँ । सोही लयलाई अहिले पनि कामयै राख्न सफल छौँ । विज्ञान र व्यवस्थापनको पढाईका लागि सगरमाथा आम विद्यार्थी र अभिभावकको रोजाईमा परेको छ ।”

सगरमाथामा अध्ययन पूरा गरेका २० जना विद्यार्थीले २०७९÷०८० मा सञ्चालित मेडिकल काउन्सिल परिक्षामा उत्तिण भई डाक्टर बन्न सफल भएका छन् ।

त्यसैगरी लोकसेवा तथा अन्य खुला प्रतिस्पर्धाबाट अधिकृत र इन्जिनियरमा स्थायी रोजगारी प्राप्त गर्नेहरु समेत धेरैनै छन् । कतिपयले चार्टड एकाउन्टेन्टमा नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ । विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरुले समेत अमेरिकामा,क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका देशहरुमा छात्रवृत्तिमा नाम निकालेर विद्यालयको गरिमालाई उचो बनाएको प्राचार्य थापा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,“हामी विद्यार्थीहरुलाई शिक्षण सिकाईका लागि स्वस्थ शैक्षिक वातावरण तयार पारेका छौँ । यहाँबाट पास भएर गएका विद्यार्थीले जीवनमा कहिल्यैपनि पछि फर्केर हेर्नुपरेको छैन, सफलतानै सफलता हासिल गरेका छन् ।”

सगरमाथाले दुई दशकअघिदेखी विज्ञान र व्यवस्थापनमा कक्षा सञ्चालन गर्दै आएपनि गतवर्षदेखी होटल म्यानेजमेन्ट समेत अध्यापन शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद त्रिपाठीले बताउनुभयो ।

लामो समय पोखराको नयाँबजारमा सञ्चालन हुँदै अएको विद्यालय गतवर्षदेखी बाग्लुङबसपार्कस्थित आफ्नै सुविधासम्पन्न भवनमा सञ्चालन हुँदै आएको छ । विद्यार्थीहरूका लागि पर्याप्त मात्रमा फराकिलो खेलमैदान, अत्याधुनिक सुविधा सम्पन्न भवन, प्रयोगशाला, ई–लाइब्रेरी विद्यार्थीहरूको लागि उपलब्ध छन् ।

Comments
Loading...