हिमाली आवाज । नेपाल आयल निगमले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलमा दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान पाँच रुपैयाँ प्रतिलिटर बढाएको छ ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६७ र डिजेल तथा मट्टीतेल एक सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले आइतबार दिउँसो पेट्रोल २.४१ रुपैयाँ र डिजेल ४.९१ रुपैयाँ प्रतिलिटर मूल्य बढाएर पठाएकाले नेपाली बजारमा समायोजन गरेको निगमले जनाएको छ ।
मूल्यवृद्धिपछि तराईमा पेट्रोल एक सय ६४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल एक सय ५४ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ भने सुर्खेत र दाङमा पेट्रोल एक सय ६६ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ५६ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।