हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले आज १६ औँ गाउँसभामा पालिकाको आगामी वर्ष २०८१÷०८२ को नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाले आर्थिक विकास, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।
आर्थिक विकासका लागि कृषि क्षेत्रको विकासलाई मुख्य प्राथमिकता दिइएको अध्यक्ष केसीले बताउनुभयो । पालिकाले लोपोन्मुख रैथाने बालीको संरक्षणका लागि गाउँपालिकास्तरीय बीउ बैँक स्थापना, कृषिको आधुनिकीकरण, पालिकालाई दूध र माछामा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ । गाउँपालिकाको आगामी वर्षको नीति कार्यक्रमको पूर्ण पाठ यसप्रकार छ ।https://drive.google.com/file/d/1vEY3JAs8zVWeoeWofxz2Q3kTgoUCHlEI/view?usp=sharing