हिमाली आवाज। गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको गण्डकी प्रदेशकाे प्रमुख डिल्लीराज भट्टले आज नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे।
यसअघि मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि अधिकारी पदमुक्त हुनुभएको थियाे। अदालतले पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।