हिमाली आवाज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आज पोखराका १० वडामा एकैदिन वडा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्र पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
अधिवेशनबाट पोखरा महागनरपालिका वडा नं ५ मा नारायण प्रसाद वरालको अध्यक्षतामा १५ सदस्यिय समिती सर्वसम्मत चयन गरिएको छ ।
यसैगरी वडा नं १० मा किरण प्रसाद भट्टचनको अध्यक्षतामा १३ सदस्सीय समिती,वडा नं १४ मा दुर्गा पोखरेलको अध्यक्षतामा १९ सदस्सीय समिती,वडा नं १७ मा गान्धी कुमारी गुरुङको अध्यक्षतामा २१ सदस्सीय समिती र वडा नं २१ मा यवराज आचार्यको अध्यक्षतामा २५ सदस्सीय समिती गठन गरिएको महानगर कमिटीका अध्यक्ष हरिनारायण गिरी(विज्ञान)ले जानकारी दिनुभयो ।
यसैगरी वडा नं २२ मा गणेश प्रसाद वराल(रमेश)को अध्यक्षतामा १८ सदस्सीय समिति ,वडा नं २७ मा गोविन्द वाग्लेको अध्यक्षतामा २२ सदस्यिय समिति,वडानं ३० मा भरतराज न्यौपानेको अध्यक्षतामा २३ सदस्सीय समिती,वडा नं ३१ मा मदन कोईरालाको अध्यक्षतामा २१ सदस्सीय समिती , वडा नं ३२ मा अध्यक्ष यज्ञप्रसाद अधिकारी को अध्यक्ष्यतामा ४५सदस्यीय वडा कमिटी र ६ सदस्य बैकल्पिक सदस्य रहने गरि वडा समिती सर्वसम्मत रुपमा गठन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
वडाका अधिवेशनहरुलाई पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु र जिल्ला तथा महानगरका नेताहरुले सम्वोधन गर्नुभएको थियो । महानगर कमिटीका अध्यक्ष गिरीले महानगरका बाँकी वडाहरुमा समेत छिटै अधिवेशन सम्पन्न गरिने जानकारी दिनुभयो ।