हिमाली आवाज । पोखराको प्रतिष्ठित सहारा क्लवले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई यस बर्ष पनि सफल पार्न सहयोग गर्ने भएको छ । सहारा क्लवबाट उदीयमान खेलाडीको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी बुधबार सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।
पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीमा आयोजित उक्त सम्झौता कार्यक्रममा क्लवका अध्यक्ष केशवराज बराल र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता कार्यक्रममा सहारा क्लवका पूर्व अध्यक्ष विरभद्र आचार्य, मञ्चका पूर्व अध्यक्ष केशव पाठक, पूर्व सल्लाहकार शुर्दशन रञ्जित, सदस्य रोहितराज पराजुली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, क्लवका मानार्थ सदस्य एवं समाजसेवी महेश गुरुङ, लोक गुरुङ, मुछेत्र गुरुङ लगायतको सहभागिता रहेको थियो ।
क्लबले सुरूवात देखि उक्त बिधामा पुरस्कार प्रायोजन गर्दै आएको अध्यक्ष बरालले बताउर्दै सहयोग प्रति धन्यवाद समेत दिनुभएको छ । क्लवका अध्यक्ष बरालले खेलकुद क्षेत्रको लागि ठुलो इभेण्ट भएकोले आफुहरुले विगतका बर्ष देखि सहयोग गर्दै आएको जनाउनु भयो ।
यसै बिच पोखरा महानगरपालिका वडा नम्बर १५ बाट उक्त पोखरा स्पोट्र्स अवार्डको लागि २५ हजार सहयोग उपलब्ध गराउने भएको अध्यक्ष तोरण बहादुर बानियाँले बताउनु भयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहनु भएको बानियाँले उक्त अवार्ड खेलाडीलाई प्रोत्साहन गर्ने भएकोले यसलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
आठौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा हुन लागेको कार्यक्रमको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ ।
अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा राष्ट्रिय खेलकुद परिषद्, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, मादी गाउँपालिका, रुपा गाउँपालिका, मुस्ताङ गल्फ कोर्ष, गुरुङ हर्वल व्युटी पार्लर लगायतले सघाउने भएका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा मा ई मोर्टस् प्रा.लि.ले उक्त अवार्डलाई सहयोग गर्ने भएको छ ।