काठमाडौंबाट गाेरखा आउदै गरेको ट्याक्सी त्रिसुलीमा खस्याे, पाँच जनाकाे मृत्यु

हिमाली आवाज । काठमाडौंबाट गाेरखा आउदै गरेकाे ट्याक्सी त्रिसुली नदिमा खस्दा आज पाँच जनाकाे मृत्यु भएकाे छ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमन ट्याक्सी चालक गोर्खा नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय अर्जुन शिर्मल, सोही ठाउँकी ४१ वर्षकी हरिमाँया रोकाय , ७० वर्षीय जुनकिरी रोकाय , अन्जना रोकाय र अन्दाजी ९ वर्षका आगमन नगरकोटी रहेका छन् । अर्का १८ बर्षीय दिवश रोकाया फेला नपरेको प्रहरीले जनाएको छ ।

आज बिहान सवा ७ बजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा आई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट अन्दाजी ८० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

Comments
Loading...