हिमाली आवाज । सिजी फाउण्डेसन पोखरा क्षेत्रीय कार्यालयले पोखराको डिहिको पाटनमा रहेको रेन्वो चिल्ड्रेन होम्सलाई सहयोग गरेको छ । चिल्ड्रेन होम्समा आश्रित बालबालिकाहरुलाई फाउण्डेसनले खाद्यान्न सहयोग गरेको हो ।
सोमबार आयोजित एक कार्यक्रमबीच चामल, दाल, चाउचाउ, तेल लगायत सहयोग हस्तान्तरण गरिएको हो । संस्थाले बिकट क्षेत्रका अनाथ तथा असहाय बालबालिकालाई आवासीय सुविधासहित अध्ययनको व्यवस्था गरिरहेको छ ।
संस्थाकी संरक्षक तथा फाउण्डर गोमा ढकालले सहयोगी दाताहरुको साथबाट चिल्ड्रेन होम्स सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहााँले देशमा भएको आर्थिक मन्दीको अवसर बालगृह सञ्चालनमा परेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै चौधरी ग्रुप अन्तर्गतको सिजी ब्रुअरीका क्षेत्रीय प्रमुख गोपाल पुरीले फाउण्डेसनको तर्फबाट चिल्ड्रेन होम्सलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा नबिल बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकाल, सिजी फुड्सबाट सुनिल सुवेदी, सिजी वेभरेजबाट सुमन पोखरेल, सिजी डिजिटलबाट सुमन घिसिङ, सिजी नेटबाट दीपेस सिग्देल, अजोड इन्स्योरेन्सबाट रेनुका छडकुली लगायतको उपस्थिति थियो ।