हिमाली आवाज । वास्थला गनगने पंधेराखोला खानेपानी उपभोक्ता समिति पोखरा १३ आर्वाको आईतवार सम्पन भएको छैटौं अधिवेशनले बद्री प्रसाद देबकोटा को अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षमा राजन सिग्देल , सचिवमा नमुना बराल तथा कोषाध्यक्षमा मधु बराल चयन हुनुभयो ।
समितिका सदस्यहरुमा भोजराज बराल, कृष्ण प्रसाद बराल, गोकर्ण बराल पदेन सदस्यहरुमा श्री मोहरपानी आदर्श टोल विकाश संस्था, लक्ष्मी नारायण टोल बिकाश संस्था, अर्धनारेश्वर टोल विकाश संस्था र छापाको चौतारा टोल बिकाश संस्था छानिएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडानं १३ का वडाध्यक्ष किरण बरालले वडा नं १३ का वासिन्दालाई खानेपानी जस्तो संवेदनशील विषयमा वडा कार्यालयबाट सबैखालको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । तत्काल वडा कार्यालयले यस खानेपानी समितिलाई मर्मतसंहारका का लागि वडा बाट २ देखी ३ लाख रुपैयाँसम्म बजेट विनियोजन गरिने बताउनुभयो ।
समितिका अध्यक्ष नर बहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष एवं स्थानीयय उपभोक्ता श्रीनाथ बराल , पत्रकार श्रीराम सिग्देल, समाजसेवी कृष्ण प्रसाद बराल, सान्तेडाडा सहेले वन उपभोक्ता समिती का अध्यक्ष कृष्ण प्रसाद बराल, अमर ज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक बिमल बहादुर बराल, सस्थाका सल्लाहकार ऋषिराम सिग्देल, समाजसेवी बसन्त शर्मा अधिकारी, शुकदेब बयल, हिमा परियार, रतनपाण्डे खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर बराल, जेष्ठ नागरिक कल्याणकारी संस्था पोखरा १३ आर्वाका अध्यक्ष बलराम सिग्देल, जग्गादाता यम कुमारी बराल, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
झण्डै ३०० उपभोक्ता आवद्ध यस समिति अन्तर्गत ४ वटा टोल विकास संस्था पर्दछन् । समितिका अध्यक्ष नरबहादुर बरालको अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष मधु बरालको कोषाध्यक्ष को प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव सावित्री सिग्देलले गर्नुभएको थियो ।