हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा टिभिएस ब्राण्डको ‘रोनिन’ र अपाचे आरटिआर १६० भिफोर मोटरसाइकलको बिक्री सुभारम्भ भएको छ ।
पोखरामा आज एक समारोहकाबीच यी दुई मोटरसाइकलको लञ्जिङ गरिएको हो । टिभिएसको गण्डकी प्रदेशको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले मोटरसाइलकको बिक्री शुभारम्भ भएको जनाएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र बतास ब्रर्दशका प्रमुख सञ्चालन अधिकृत राजेश रानाभाटले संयुक्त रुपमा मोटरसाइकलको अनावरण गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले सार्वजनिक गरिएको ‘रोनिन’ र अपाचे आरटिआर १६० भिफोर दुवै मोटरसाइकल युवाहरुको रोजाईमा पर्ने र टिभिएसले राम्रो बजार विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक मन्दीका मारमा अटोमोवाइल क्षेत्र रहेकाले बैँक तथा वित्तिय संस्थाहरुले सहज अटो ऋण प्रवाह गरेर सहयोग गर्नुपर्ने खाँचो औल्याउनुभयो ।
बतास ब्रर्दशका प्रमुख सञ्चालन अधिकृत राजेश रानाभाटले ‘रोनिन’ क्लासिक र रेसिङ बाइक रहेकाले विशेषगरी युवापुस्ता र साहशिकहरुको रोजाइमा पर्ने बताउनुभयो । उहाँले बेच्ने भन्दा पनि बिक्रीपछिको सेवा राम्रो दिने गरी सुविधा सम्पन्न सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
जगदम्वा मोटर्सका गण्डकीका बिक्री प्रमुख प्रविण अर्यालले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ लगायतका कारण राम्रो बिक्री हुने अपेक्षा गरिएको बताउनुभयो ।
बतास व्रदर्श टिभिएसका बिक्री प्रवन्धक सन्तोष पोखरेलले टिभिएस ब्राण्ड गण्डकी धौलागिरी क्षेत्रमा सर्वाधिक बिक्री हुनेमा रहेको बताउँदै नयाँ ‘रोनिन’ र अपाचे आरटिआर १६० भिफोरले पनि राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो ।
टिभिएसका बजार व्यवस्थापक प्रेम कार्कीले टिभिएस रोनिनको मुल्य रु चार लाख ४९ हजार र आरटिआर भिफोरको मुल्य रु तीन लाख ७४ हजार नौ सय रहेको जानकारी दिनुभयो । लञ्चिङका अवसरमा मोटरसाइकल खरिद गरेका ग्राहकहरुलाई चावी हस्तान्तरण गरिएको थियो ।
टिभिएस रोनिन

उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पीडोमिटर र टी–फेस एलईडी हेडल्याम्प साथ तयार गरिएको टिभिएस रोनिनमा नेपाली राईडरहरुलाई लक्षित गरि असाधारण सुविधाहरू समेटिएको छ ।
टिभिएस रोनिनमा २२५ सीसीमा चार ओटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ जसले २०.४ पीएस७७५० आरपीएम सम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपीएम पीक पावर प्रदान गर्छ। डुअल च्यानल एबीएसको साथ यसको डिस्क ब्रेकहरूले राईडरहरुलाई सुरक्षित र स्थिर स्टप सुनिश्चित गर्दछ ।
अपाचे आरटीआर १६० भी फोर एफआइ
अपाचे आरटीआर १६० भी फोर एफ आइको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचरपनि उपलब्ध गराएको छ ।सर्वाधिक शक्तिशाली फ्युल ईन्जेक्टेड १५९.७ सीसी ईन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्टकनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६०अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्टजस्ता प्रविधिहरू रहेका छन् ।
नेपाली बजारमा सार्वजनिक हुने यी दुवै बाईक नयाँ संस्करणमा हरेक मौसमर बाटोको अवस्थालाई विशेष ध्यानमा राखि राइड मोड्सका साथै रेस ईनेबल्ड कनेक्टिभिटीका लागि टीभीएसस्मार्टएक्सकनेक्टको सुविधा समेत उपलब्ध गरिएको छ ।
जगदम्बा मोटर्स बारे
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो। कम्पनी शंकर समूहद्वारा संचालित छ । शंकरलाल अग्रवालद्वारा सन् १९७९ मा विविध अपरेटिङ कम्पनीहरूको एकीकरणका साथ शंकर समूहको स्थापना भएको थियो, जसको पछिका वर्षहरूमा व्यवसायीक पक्षमा प्रारम्भिक प्रवेश बढ्दै गएको थियो।
यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ । जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घक् डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको ।