पोखराका पत्रकार पौडेल र शाहीको स्मृतिमा ‘स्मृति दर्पण’,प्रधानमन्त्रीद्धारा विमोचन

हिमाली आवाज । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्धय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विमोचन गर्नुभएको हो । प्रेस सेन्टरको विरगञ्जमा सम्पन्न २० औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार स्मृति दर्पण विमोचन गरिएको हो ।

पुस्तकमा स्व पत्रकारद्धयको जिवनी,विभिन्न पत्रकार तथा पत्रकार सम्वद्ध संघ संस्थाका अध्यक्ष तथा सञ्चारकर्मीहरुले उहाँहरुसँगको सहकार्यलाई कितावमा उल्लेख गर्नुभएको छ।

स्मारिकामा गण्डकी प्रदेश क्षेत्रमा विभिन्न समयमा ज्यान गुमाउनुभएका पत्रकारहरुको पनि सङ्क्षिप्त परिचय समेटिएको छ ।प्रेस सेन्टर

नेपालका केन्द्रीय उपमहासचिव एवं गण्डकीका इन्चार्ज दीपक श्रेष्ठले दुर्घटनामा गुमाएका पौडेल र शाहकिो सम्झना र सम्मानमा स्मृति ग्रन्ध प्रकाशन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो“गतिशिलतलाई बुझ्न सक्ने, समय सापेक्षतालाई गहिरो चिन्तन मनन गर्ने डाइनामिक नेतृत्व स्व त्रिभुवन पौडेलले नेपाली पत्रकारितामा पु¥याउनुभएको योगदानलाई अभिलेखीकरण गर्ने र चिरस्थायी बनाउनका लागि पुस्तक प्रकाशन गरेका हौँ ।”

प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका स्व पत्रकार पौडेल नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । उहाँ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष तथा कास्की शाखामा तीन कार्यकाल पदाधिकारीमा रहेर काम गर्नुभएको थियो ।

महासङ्घ प्रदेश समितिले पौडेलको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापनाको तयारी गरेको छ । कोषमा पत्रकार, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरुबाट रकम जम्मा भइरहेको बताइन्छ ।

यसैगरी प्रदेश समितिका अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन स्मृति कक्ष’ नामकरण गरिएको छ । पौडेल अध्यक्ष रहेका समयमा प्रदेश समितिको भवन निर्माण गरिएको थियो ।

प्रेस सेन्टर नेपालले पनि स्व पत्रकार पौडेलको नाममा केन्द्रमा अक्षयकोष स्थापना गर्ने कामलाई अघि बढाइरहेको प्रेस सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्लेले बताउनुभयो ।

Comments
Loading...