केपी ओली कप राष्ट्रिय क्रिकेटको उपाधिका लागि मधेश र आर्मी भिड्दै

हिमाली आवाज । पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै मधेश प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मधेशले ११ रनले एपिएफलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो ।
मधेशले फाइनलमा आज विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आर्मी पहिलो सेमिफाइलन खेलमा बागमती प्रदेशलाई हराएर फाइनल पुगेको टोली हो ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । प्रतियोगिता यही मङ्सिर ७ गतेदेखी सञ्चालन भएको हो ।

Comments
Loading...