पशुपन्छीको कल्याणमा काम गर्ने संघ संस्थालाई सहयोग गछौँ :कृषिमन्त्री जिसी

महेन्द्रध्वज जिसी
मन्त्री
कृषि तथा भूमि व्यवस्था मन्त्रालय,गण्डकी प्रदेश

मानव समाजको उत्पत्ति तथा विकास क्रम भन्दा अगाडी देखिनै प्राणीहरुको उत्पत्ति तथा विकास भएको पाइन्छ । मानवले आफ्नो उत्पत्ति कालदेखिनै आफ्नो आहाराको रुपमा, सुरक्षाको रुपमा तथा अन्य प्रयोगमा पशुपन्छीहरु लाई प्रयोग गर्दै आइरहेको छ ।

सनातन देखि नै पशुपन्छीलाइ देवताको स्थान दिइ विभिन्न देवताको वाहनको रुपमा पूजा गरेको पाइन्छ । पशुलाइ मानिसले आहारा, उत्पादन तथा दासका रुपमा नहेरी असल मित्र तथा समान प्राणीका रुपमा लिएको पाइन्छ ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले पशुहरुको अधिकारलाई आत्मसाथ गरी पशुपालनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। पशुवस्तुलाइ लाग्ने महामारीजन्य रोगहरुको नियन्त्रण तथा पशु स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। स्थानीय पशुहरुको आनुवांशिकी श्रोत संरक्षणको क्षेत्रमा सम्भाव्यता हेरी कार्यक्रमहरु संचालन गर्दै पशुपन्छीको कल्याणका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई प्राविधिक सेवा टेवा तथा संरचनागत सहयोग गर्दै आएको छ ।

स्थानीय तह संगको समन्वयमा अनुत्पादक पशुहरुलाइ व्यवस्थापन गर्नका लागि काञ्जी हाउस निर्माण गरी पशु कल्याणको क्षेत्रमा आवश्यक कदम चालेका छौँ । पशु ढुवानीमा सहजता कायम गराउन आवश्यक ढुवानी मापदण्ड तयार गरी कार्यान्वयन प्रक्रिया अगाडी बढाइएको छ । पशुहरुको आहारा व्यवस्थापनमा सहजता ल्याउन घाँस श्रोत केन्द्र नर्सरी व्यवस्थापन साइलेज प्रवद्र्धन कार्यक्रम तथा दानाको गुणस्तर अनुगमन निरीक्षण गरी पौष्टिक तथा सन्तुलित आहारा प्रवृद्वन गर्न कदम चालिएको छ । बाँझो जग्गामा पौष्टीकता युक्त घांसखेती गरी कम लागतमा घासमा आधारित पशुपालनलाइ जोड दिइएको छ ।

पशुहरुलाई वध गर्ने कार्यमा सहजना ल्याउन पशुहरुलाइ बढी पिडा नहुने गरी वध गर्न वधस्थल निर्माण तथा स्वच्छ र स्वस्थ मासु उत्पादनका लागि सुधारिएको मासुपसल निर्माण गर्ने कार्य अगाडि बढाएका छौँ ।

पशुहरुको समय समयमा लाग्ने रोगहरुको निगरानी तथा रोग पहिचानमा आवश्यक काम गरेका छौँ । पशुपालनको व्यवस्थापनमा सहयोग पु¥याउन विभिन्न जनचेतना मुलक तथा क्षमता अभिवृद्धि हुने तालिम गोष्ठी अन्तरक्रिया एवं प्रचार प्रसारमा सहयोग गर्दै आएका छौँ ।

गण्डकी प्रदेशमा पशु जन्य पदार्थ उत्पादनमा वृद्धि तथा आत्मनिर्भर बन्का लागि नश्ल सुधार तथा प्रजनन व्यवस्थापनको काम भइरहेको छ । पशुपालक कृषकहरुलाइ प्रोत्साहन तथा व्यावसाय प्रवृद्वन गर्नका लागि उत्पादनमा आधारित अनुदानलाइ मुख्य प्राथमिकता दिइ दुध र मासुमा अनुदानको कार्यक्रम प्रदेशभर सञ्चालन भइरहेको छ। पशुहरुको महामारी रोग नियन्त्रणका लागि गण्डकी प्रदेशका ८५ पालिकामा महामारी जन्य रोगहरु विरुद्ध पूर्णखोप कार्यलाई अभियानका रुपमा अगाडि बढाएका छौँ ।

Comments
Loading...