सगरमाथा निकेतन स्कुलका सात सय ६० विद्यार्थीको आँखाको परीक्षण

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ९ स्थित नयाँबजारमा रहेको सगरमाथा निकेतन स्कुलमा आँखा शिविर सम्पन्न भएको छ । यही असोज १० र ११ गते गरी दुई दिनसम्म सञ्चालन भएको सो शिविरमा विद्यालयका चार सय ४४ छात्र र तीन सय १६ छात्रा गरी सात सय ६० विद्यार्थीको आँखाको जाँच गरिएको हो ।

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको विद्यालयले जनाएको छ । अस्पतालका चार जना स्वास्थ्यकर्मीहरुले विद्यार्थीहरुको आँखाको परीक्षण गर्नुभएको थियो। शिविरबाट ३० जना विद्यार्थीहरुलाई थप परीक्षणका लागि आँखा अस्पतालमा पठाइएको कार्यक्रम संयोजक एवं नेत्र रोग सहायक विधान लम्सालले बताउनुभयो ।

विद्यालयका प्राचार्य दीलिप शर्माले बेलैमा आँखाको दृष्टि पहिचान गरेमा पठनपाठनमा समस्या नपर्ने  र राम्रो शैक्षिक प्रगति हासिल गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“विद्यार्थी भाईबहिनीहरुले टाउको दुख्ने, चक्कर आउने,हस्तलेखन कमजोर हुने तथा समग्रमा पढाई र अन्य क्रियाकलापमा कमजोरी देखापर्ने भएमा विद्यार्थीको दृष्टि पहिचान गर्नु पर्दछ । जसले गर्दा अन्य समस्या आउनबाट रोक्न सहयोग पुग्दछ ।”

Comments
Loading...