हिमाली आवाज । सेती नदीमा डुबेर पाँच वर्षीय बालक बेपत्ता भएका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउँद सेतीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीवार खेल्ने क्रममा साउद नदीमा डुबेका हुन् । उनीसँगै डुबेका ४ वर्षीय मिलन साउँदको स्थानीयले उद्धार गरेका थिए ।उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।
बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।