‘कर्म–कर्ण पत्रकारिता पुरस्कार ’श्रेष्ठलाई

हिमाली आवाज । यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ दीपेन्द्र श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुकोे बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष श्रेष्ठलाई प्रदान गरिने भएको हो ।

पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष एवं एभरेस्ट एफएमका प्रवन्ध निर्देशक श्रेष्ठलाई सिफारिस गरेको हो ।पत्रकार श्रेष्ठ एभरेस्ट आवाज डटकम र एभरेस्ट एमएममा आवद्ध हुनुहुन्छ ।

सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ । पुरस्कारको राशी नगद रु १० हजार, फेटा, भाङ्ग्रा, सम्मानपत्र रहेको फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले जानकारी दिनुभयो।

शुक्रबार बिहान नयाँबजारस्थित तमु धीं नेपालमा एक कार्यक्रमकाबीच पुरस्कार अर्पण गरिने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसक्नुभएको छ ।

सोही कार्यक्रममा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको छ ।

Comments
Loading...