आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 

हिमाली आवाज । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच–पाँच रुपैयाँ घटाएको छ।

निगमले असार १८ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० तथा डिजेल र मट्टितेल प्रतिलिटर १५०–१५० रुपैयाँ पर्ने भएको छ। यो दर काठमाडौं‚ पोखरा र दीपायलमा लागू हुने निगमले जनाएको छ।

तराईका जिल्लाका हकमा भने प्रतिलिटर सात रुपैयाँ ५० पैसा घटेको छ। त्यस्तै, सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।

Comments
Loading...