हिमाली आवाज । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को उपमहासचिव पदमा प्रकाशचन्द्र दुलाल निर्विरोध निर्वाचित हुनुभएको छ । दुलाल हाल इप्पानको कार्य समिति सदस्य हुनुहुन्थ्यो ।
दुलाल सहित ३ जना महिला सदस्य पनि निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचित हुने सदस्यहरुमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी हुनुहुन्छ । इपपानको नयाँ नेतृत्वका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २÷२ जनासहित ३८ जनाको उम्मेदवारी परेको छ ।
कार्यसमितिको अध्यक्ष पदका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।
५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।
५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी छ ।
यसैगरी १० जना सदस्यहरूको लागि १७ जनाको उम्मेदवारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाले उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन जेठ ३२ गतेका लागि तोकिएको छ ।