भ्रष्टाचार विरुद्ध प्रचण्ड सरकारको अभियानमा पोखराका विद्यार्थीको साथ

हिमाली आवाज । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्डं)को नेतृत्वको सरकारले भ्रष्टाचार र ठगीका विरुद्ध सुरु गरेको अभियानमा पोखराका युवा विद्यार्थीहरुले पनि साथ र ऐक्यवद्धता जनाएका छन् ।

अनेरास्ववियू(क्रान्तिकारी) गण्डकी प्रदेश समितिको आयोजनामा आज पोखराको शहीदचोकमा विद्यार्थीहरुले भुटानी शरणार्थीका नाममा संगठित ठगीका विरुद्ध सरकारले सुरु गरेको अभियाप्रति ऐक्ववद्धता जनाउँदै सत्यतथ्य छानविनका लागि सकारात्मक दवा स्वरुप पम्प्लेट प्रर्दशन गरेका हुन् ।

विद्यार्थीहरुले भ्रष्टाचार अन्त्य गर्ने प्रचण्ड अभियानमा सबैले साथ दिऔँ,अघि बढ प्रचण्ड जनता साथमा छन्,भ्रष्टाचारीलाई फाँसीदे लगायतका नारा लेखिएका पम्प्लेट बोकेका थिए ।

कार्यक्रमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज नारायण बडालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरूप प्रदर्शन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबै व्यक्तिमाथि निश्पक्ष छानबिनको माग हामी विद्यार्थीहरुको छ । यसको सत्य तथ्य अनुसन्धानमा सरकारलाई दबाब दिन र दोशीहरुलाई तुरुन्त पक्राउ गर्नका लागि खबरदारी गरेका हौँ ।”

विद्यार्थी नेता बडालले संस्थागत रूपमा भ्रष्टाचार मौलाइरहेको बताउँदै भ्रष्टचारीहरुको सूची सार्वजनिक गर्ने र सरकारले भ्रष्टचारीलाई कार्वाही गर्नुपर्ने बताउनुभयो । भ्रष्टाचारीलाई सरकारले कारवाही नगरे आफुहरुले कार्वाही गर्ने उहाँले चेतावनी दिनुभयो ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र) पोखरा महानगर कमिटीका सचिव जनकराज पराजुलीले प्रचण्ड नेतृत्वको बर्तमान सरकारले इतिहासमै पहिलोपटक भ्रष्टाचारमा नाम मुछिएका ठूला नेताहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको बताउनुभयो ।

उहाँले सरकारको सकारात्मक काममा सबैले साथ दिनुपर्ने र कावाही नगर्न आउन सक्ने दवाव रोक्नका लागि सरकारलाई सहयोगको आवश्यक हुने नेता पराजुलीले बताउनुभयो ।

Comments
Loading...