हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलामा नेपाली नयाँवर्षको अवसरमा आयोजना गरिएको नयाँवर्ष मेला जारी छ ।
स्थानीय ग्रीनफोर्स युवा क्लबले क्लबको वार्षिकोत्सवको अवसर पारेर नयाँवर्षमा विभिन्न खेलकुद सहितका कार्यक्रम आयोजना गरेको हो । वैशाख १ गते ‘भुर्जुङखोला तातोपानी माउन्टेन बाइक रेस’ सम्पन्न भएको छ ।
‘स्वच्छ वातावरण, स्वस्थ जीवन’को नारा सहित औद्योगिक विकासले वायुमण्डलमा प्रतिदिन बढिरहेको धूलो र धुवाँले पृथ्वीको तापक्रम बढ्दै गइरहेकाले सवैमा साइकल चढ्न अभिप्रेरित गर्ने र माछापुच्छ«े गाउँपालिकाको प्राकृतिक तथा पर्वतीय पर्यटनको प्रचार प्रसारका लागि सो बाइक रेस गरिएको माछापुच्छ्रे गाउँपालिका वडा नं २ का वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।
क्लबको १५ औँ वार्षिकोत्सवका अवसरमा पुरुष तथा महिला भलिबल प्रतियोगिता, भेट्रान भलिबल, छेलो, म्यूजिकल चेयर लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । पुरुष भलिबलको विजेताले रु ९९ हजार ९९९, द्धितीयले रु ५५ हजार ५५५ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताको समापन वैशाख ५ गते हुने क्लबका अध्यक्ष राम गुरुङले जानकारी दिनुभयो ।
माछापुच्छ«े गाउँपालिका—२ भुर्जुङखोला पोखराको बगरदेखी १२ किमी उत्तरमा पर्दछ । यस स्थानमा प्राकृतिक वरदानका रुपमा तातोपानी कुण्ड छ । खारपानीस्थित सेती नदी किनारमा रहेको तातोपानी नुहाउनका लागि आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।
हिउँदयाममायहाँ कृषि सहकारी मार्फत एक र निजीस्तरबाट दुई स्थानमा विश्वकै प्रसिद्ध रेन्बो ट्राउट माछा पालन केन्द्र छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई गुरुङ गाउँ काभ्रे गाउँमा होमस्टे सञ्चालन गरिएको बडाध्यक्ष आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो,“यस क्षेत्रमा विभिन्न जात जातिका आआफ्नै भेषभुषा, भाषा र संस्कतिहरु छन् । यस्ता संस्कृतिहरुक बढ्दो सहरीकरणसँगै लोप हुने अवस्थामा पुगेकाले मेलामार्फत संस्कृति संरक्षण र सम्वद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ । ”
भुर्जुङखोलाको भराभरीमा ढुङ्गाखानी, दलाममा महभिर, घलेखर्क लघुजलविद्युतगृह, खादरजुँगको मौलाकोट, घोप्टेडाँडा, सिल्दु देउरालीमाई, भुर्जुङखोलाको मुल्का बराहथान, मनोरम छहरा र घाचोकको एकनासे भिरले स्वदेशी तथा विदेशी पर्यटकहरुको मन जितेको छ ।
ग्रीन फोर्स युवा क्लबले यसअघि जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनीकरण गर्न नमूना कार्यक्रमका रुपमा पीपल प्रवद्र्धन कार्यक्रम गरेको थियो ।