राम्जा—पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन

हिमाली आवाज । राम्जा—पोखरा सम्पर्क समाजको आयोजनामा नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरुले एकापासमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षले सुख, समृद्धि र खुशीयाली छाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि युद्धबहादुर गुरुङले पर्वतको राम्जाबाट विभिन्न पेशा व्यवसायका लागि पोखरा आएर बसेकाहरुबीच सहयोग र समन्वयका लागि समाजले काम गरेकामा आभार व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष मिना केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव सूर्यप्रसाद पौडेल र स्वागत कार्यसमिति सदस्य डम्बरबहादुर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा समाजलाई सहयोग गर्ने सहयोगदाताहरु सम्मान गरिएको थियो । कार्यक्रममा चार जनाले समाजको आजिवन सदस्यता लिनुएको थियो ।

Comments
Loading...