हिमाली आवाज । एमडिआर इण्डष्ट्रिजको उत्पादन रहेको यचु हेयर आयल अब पोखरामा उपलब्ध हुने भएको छ ।कम्पनीले मंगलवार पोखरा पत्रकार सम्मेलन आयोजना गरि यसका बारेमा जानकारी दिइएको हो ।
पोखराको चिप्लेढुँगामा रहेको यू.एफ.ओ. भवनमा यचुको शाखा रहनेछ । .तेल बिशुद्ध नेपाली उत्पादन भएको र नेपालमै पाइने विभिन्न जडिबुटीजन्य तथा तेलजन्य कच्चापद्धार्थबाट केमिकलरहित तरिकाले उत्पादन हुने यचु हेयर आयलका अध्यक्ष उज्वल मानन्धरले बताउनुभयो ।
पछिल्लो समयमा शहरी क्षेत्रका व्यक्तिहरुमा कपाल सम्बन्धि समस्या धेरै रहेको हँुदा कम उमेरमै कपाल झर्ने समस्या हुन्छ । यसैगरी तालु हुने समस्या तथा कपालमा चाँया पर्ने समस्यालाई मध्यनजर गर्दै आयुर्वेदिक तरिकाले नेपालमै लामो समयदेखि प्रयोगमा रहेको विधीबाट यो तेल उत्पादन गर्न शुरु गरिएको उहाँको भनाई छ ।
चैत्र २२ मा पोखरा शाखाको औपचारिक शुभारम्भ हुने पोखरा शाखा कार्यालयका दुर्गेशमान श्रेष्ठले बताउनुभयो । शुभारम्भको अवसरमा एक हप्तासम्म कम्पनीको हेयर ट्रीटमेण्टको टोली पोखरामा रहेर सेवा प्रदान गर्ने जनाइएको छ ।१ हप्ताको समयमा यचुका पुराना प्रयोगकर्ताका लागि निःशुल्क क्याम्प पनि सञ्चालनको योजना छ ।
यचु तेलको २ सय ५० एम एलको मूल्य रु २ हजार ५ सय तोकिएको छ । यचुको मुख्य कार्यालय काठमाण्डौको स्वयम्भुमा रहेको छ । काठमाण्डौंको पानीपोखरी र जोरपाटी तथा चितवनको हाकिमचोकमा पनि शाखा बिस्तार भएको छ ।