हिमाली आवाज । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति कास्कीको अध्यक्षमा महेन्द्रमणि पौडेल सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा मंगलबार भएको संगठनको पाँचौँ जिल्ला सम्मेलनले पौडेलको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित संगठनको उपाध्यक्षमा प्रकाश रिजाल, सचिवमा सचिन सुवेदी र कोषाध्यक्षमा प्रतिमा अधिकारी रहनुभएको छ ।यसैगरी सदस्यमाहरुमा सूर्य तिवारी, सुनील धामी, अनिता कँडेल, हेम शर्मा पौडेल, सविन तिवारी, विश्व बाँस्तोला, सुशीला गिरी, रामप्रसाद अधिकारी, लक्ष्मण अधिकारी, हिमलाल न्यौपाने शान्ति वि.क., राजेन्द्र उपरकोटी अम्मरबहादुर विश्वकर्मा र दीपकनाथ पौडेल हुनुहुन्छ ।
अधिवेशनको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्नुभएको थियो ।