राससको वार्षिकोत्सवमा मन्त्री चुमानले भन्नुभयो:सुशासनका लागि सञ्चार माध्यमले सघाउनुपर्दछ

हिमाली आवाज । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकार राष्ट्रि««य समाचार समिति (रासस)सँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ ।

राससको ६२औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश कार्यालयले आइतबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा उहाँले राससले प्रदेशवासी जनताका आवाजलाई स्थापित गर्नुपर्ने र प्रदेश सरकार त्यसका लागि तयार रहेको बताउनुभयो ।

मन्त्री चुमानले भन्नुभयो, “प्रदेश सरकारका गतिविधिहरुलाई आम जनतामा पु¥याउन राससको भूमिका महत्वपूर्ण हुन्छ । हामी यसका लागि रासससँग सहकार्य गर्न तयार छौँ । तपाईहरुले प्रस्ताव ल्याउनुहोला ।”

मन्त्री चुमानले दोस्रो चरणमा प्रवेश गरेको प्रदेश सरकारको जोड सुशासन कायम गर्नमा रहेकाले सञ्चारमाध्यमलाई सघाउन आग्रह गर्नुभयो । “हामीलाई अहिले के महशुस भएको छ भने अघिल्लो चरणमा सुशासनमा हाम्रो जोड पुगेन । यसपटक सुशासनमा बढी जोड दिनुपर्दछ भनेर डिजिटल गण्डकी प्रदेशको अभियानमा छौँ ।”

मन्त्री चुमानले रासस स्वायत्त संस्थाको रुपमा रहोस् भन्ने धेरैको अपेक्षा हुनु स्वभाविक भन्दै रासस समाचार निर्माता भएकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

राससका पूर्वकार्यकारी अध्यक्ष कोमलनाथ बरालले राष्ट्रिय अन्तर्राष्ट्रि«य महत्वका विषयमा सरकारको धारणा के हो भनेर बुझ्नका लागि राससको समाचार खोजी हुने बताउनुभयो । राससलाई सरकारले पूर्ण रुपमा नियन्त्रण गर्न नहुनेमा जोड दिँदै समाचार संकलनमा रासस स्वतन्त्र रहेको उल्लेख गर्नुभयो ।

उहाँले खोजमुलक समाचार राससले दिन सक्नुपर्ने बताउनुभयो । “खोजमुलुक पत्रकारिताले जनताका भोगाई सरकारसम्म ल्याउन सहयोग पुग्दछ ।”, पूर्वअध्यक्ष बरालले भन्नुभयो ।

राससका तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख एवं पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीले राससलाई स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक मुलुकमा सरकारले लगानी गरेर सञ्चार माध्यम चलाउन हुँदैन भन्ने मान्यता रहेको बताउनुभयो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले यातायात कार्यालय लगायत सेवाग्राहीका बढी भीड हुने कार्यालयहरुमा सरकारले सेवा प्रवाहलाई सहज बनाउन सुरु गरेका प्रयासका बारेमा समेत जनतालाई सुसुचित गराउन आग्रह गर्नुभयो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले राससका समाचारमा आम जनताको पहुँच हुने गरी रासस अघि बढ्नुपर्ने बताउनुभयो ।
पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी कुशुमकेशव पराजुलीले सरकारी क्षेत्र सहित नीजि क्षेत्रमा समेत सुशासन आवश्यक रहेको र सुशासनका लागि जिम्मेवार निकायलाई घचघचाउन राससको भूमिका हुने बताउनुभयो ।

पत्रकार महासंघ कास्कीका निर्वतमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले राससमा आलोचनात्मक समाचार पनि आउनुपर्ने बताउनुभयो । उहाँले समाचार लेखिरहँदा यहाँको सम्भावनाहरुलाई समेत उजागार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।राससका समाचार पत्रपत्रिकामूखी बढी भएकाले टेलिभिजन र अनलाइनका लागि समेत हुने गरी प्रकाशन हुनुपर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने समाचार राससबाट अपेक्षा गरिएको बताउनुभयो ।गोरखापत्र दैनिका गण्डकी प्रदेश संयोजक रमेश पौडेलले जनतासँग जोडिएका समाचार ल्याउन सके त्यसले समृद्धिमा योगदान पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पत्रकारहरु बद्रीविनोद प्रतिक, भरत कोइराला, वासुदेव मिश्र, माधव पनेरु, फडिन्द्र अकिंञ्जन, प्रशुराम शर्मा, दीननाथ बराल लगायतले राससले नागरिक पत्रकारिता र नागरिक चासोका समाचार दिन सकेमा समृद्धिमा योगदान पुग्ने बताउनुभएको थियो ।

रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले आधिकारिक, विश्वसनीइ, सन्तुलित र तथ्पूर्ण समाचार सम्प्रेशणनै राससको मूल मन्त्र रहेको बताउनुभयो । देशका ७७ वटै जिल्ला एवं आवश्यकता अनुसार पालिकाहरुमा समेत राससका प्रतिनिधिहरुले हरेक दिन समाचार सम्प्रेशणा गर्दै आएको जानकारी दिँदै पोखराको पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद र यहाँको उद्योग व्यवसायलाई केन्द्रमा राखेर समाचार प्रकाशन गर्ने गरिएको बताउनुभयो ।

रासस गण्डकी प्रदेश कार्यालयका वरिष्ठ सहायक समाचारदाता रामबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत जिल्ला समाचारदाता जमुना शर्माले गर्नुभएको थियो ।

Comments
Loading...