‘ईन्टरनेट सेवा गुणस्तरीय बनाउ, तिरेको सुल्क अनुसारको सेवा देउ’

हिमाली आवाज । हाल उपभोक्ताहरुले प्रयोग गरिरहेको ईन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । कार्यक्रमका वक्र्ताहरुले ईन्टरनेट सेवा गुणस्तरीय बनाउन र तिरेको सुल्क अनुसारको सेवा पाउनुपर्ने माग समेत गरेका छन् ।

ईन्टरनेट सेवा प्रदायकहरुको नियमन गर्ने संस्था नेपाल दुरसञ्चार प्राधिकरण काठमाण्डौले पोखरामा सोमबार आयोजना गरेको ‘अनुमती पत्रका शर्तहरुका सम्बन्धमा ईन्टरनेट सेवा प्रदायकहरुसँग छलफल कार्यक्रम’ का सहभागी वक्ताहरुले सो गुनासो गरेका हुन ।

कम्पनीहरुले सेल्सपछिको सेवालाई गुणस्तरीय बनाउन नसकेको र सेवाको अनुमति लिँदा गरेको सेवासर्त अनुसारको गुणस्तरीय सेवा समेत नदिएकाले त्यसको प्रत्यक्ष मार उपभोक्तालाई परेको बताएका थिए । कम्पनीहरुले भने अनुसार सेवा दिए नदिएको सम्बन्धमा प्राधिकरणले निरन्तर निगरानी सगै अनुगमन गर्न र भने अनुसारको सेवा नदिनेहरुलाई कारवाहीको दायरामा ल्याउन उनीहरुले माग गरेका थिए ।

वक्ताहरुले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका थिए । कम्पनीहरुले आफनो क्षेत्र विस्तारलाई प्राथमिकतामा राख्ने तर दिने सेवाको गुणस्तरमा भने ध्यान नदिएको र तिरेको शुल्क अनुसारको सेवा समेत नपाएको गुनासो उनीहरुको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उपभोक्ताले शुल्क तिरे अनुसार सेवा नपाएको गुनासो गर्नुभयो । सेवा सुरु अघि अनुमती दिदा कुन क्षेत्रमा कतिलाई अनुमती दिने हो प्राधिकरणले क्षेत्र हेरी सेवा संचालनको अनुमती दिन आचार्यको सुझाव थियो ।

एउटै क्षेत्रमा आवश्यक भन्दा बढी कम्पनीलाई सेवा संचालनको लागि अनुमती दिदा कम्पनीहरुको अस्वस्थ प्रतिस्प्रर्धा हुने र त्यसको मार उपभोक्तालाई परेको भनाई आर्चायको थियो । कम्पनीहरुले धेरै क्षेत्रमा आफनो पहुच पुरयाए पनि सेल्सपछिको सेवालाई भने ध्यान नदिएका कारण उपभोक्तहरु मारमा पर्ने सगै ठगिएकोे बताउनुभयो । ग्राहकले पैसा तिरेपछि तिरेको पैसाअनुसारको सेवा पाउनुर्पो भनाई मेयर आचार्यको छ ।

महानगरले नगरका मुख्य बजार क्षेत्रका तारहरुलाई भुमीगत गर्न लागेको जानकारी दिदै आर्चायले हाल पोलहरुमा झुण्डीएका ८० प्रतिशत तारहरु अव्यवस्थित रहेको बताउनुभयो । नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्यले कम्पनीहरुले दिने भने अनुसारको सेवा नदिदा उपभोक्ताहरु मारमा परेको बताउनुभयो । कसको क्षेत्र कहाँ हो ? त्यसको क्षमता कति हो ? कस्तो सेवा दिने हो ? त्यसको मापन गर्न आवश्यक रहेको भन्दै कम्पनीहरुले प्रसारण गर्ने विज्ञापनका आधारमा सेवा लिदा उपभोक्ताहरु मर्कामा परेको गुनासो गर्नुृभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले कम्पनीहरुले यस्तो सेवा र त्यस्तो सेवा भन्दै ग्राहकहरुसंग आफुहरुले भने अनुसारको सुल्क लिने तर लिएको सुल्क अनुसार भनेको सेवा भने नदिएको भन्दै गुनासो गर्नुभयो ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले कम्पनीहरुले आफनो क्षेत्र विस्तारमा जसरी ध्यान दिएका छन् सो अनुसार प्रदान गर्ने सेवामा ध्यान नदिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले कम्पनीहरुले दिने भने अनुसारको सेवा ग्राहकले पाउनुपर्ने र दिन्छु भने अनुसारको सेवा दिन कञ्जुस्याईं गर्न नहुने बताउनुभयो।

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले लाईसेन्स लिदा कम्पनीहरुले जुन सेवा दिने भनेका छन् सो अनुरुपको सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

प्राधिकरणका उपनिर्देशक सुनिता पाण्डेले सेवा सुरु अघि ईजाजत लिदा गरेको सर्त अनुसार सेवा प्रदायकले सेवा दिन र गरेको सर्त पालना गर्नुपर्ने बताउनुभयो।
सेवा प्रदायक भन्छन् करका कारण मारमा पर्यौ

उद्घाटन पछि भएको छलफल कार्यक्रममा सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुले करका कारण मारमा परेको बताएका थिए । सेवा संचालन वापत आफुहरुले भ्याट १३ प्रतिशत, टिडिएस १० प्रतिशत, रोयल्टी लगायत अन्य शिर्षकमा गरि ४० प्रतिशत कर बुझाउन परेक बताएका थिए ।

यती धेरै कर अन्य कुनै व्यवसायमा पनि नरहेको भन्दै उनीहरुले सरकारले इन्टरनेट सेवालाई अत्यावश्यक सेवा भनेपनि विलासिताको सेवा जसरि अन्य कुनै व्यवसायमा नभएको कर लिएको गुनासो उनीहरुको थियो । सरकारले करकारे दर घटाए आफुहरु समेत कम मुल्यमा सेवा दिन तयार रहेको भनाई उनीहरुको थियो ।

Comments
Loading...