मानवसेवा आश्रमलाई युनाइटेड क्लबले दियो एक लाख ११ हजार

हिमाली आवाज । मानव सेवा आश्रमको भवन निर्माणका लागि युनाइटेड क्लबले १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ ।

कास्कीको हेम्जामा निर्माणाधिन मानवसेवा आश्रम स्थलमा आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञ स्थलमा पुगी भवन निर्माणको सहयोग स्वरुप सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उक्त रकम हस्तान्तरण गरेको हो ।

भवन निर्माण स्थलमा जारी महायज्ञमा क्लबका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पुगेको क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले महायज्ञका प्रमुख बाचक भागवत भास्कर कमलनयन गौतमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्य बहादुर बानिया, सदस्यहरु जयराम आचार्य, चन्द्रा पराजुली, शिव थापा, कार्यालय सचिव रेजिना खत्री लगाएतको सहभागिता रहेको थियो ।

स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लब पोखराले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा सहयोग गरेको युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो ।

Comments
Loading...