पोखरामा प्रथम खुल्ला प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता हुने

हिमाली आवाज । पोखरामा प्रथम खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुने भएको छ ।

“सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” भन्ने नाराका साथ बुक्स बजार सप्लायर्सले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका संयोजक शेर बहादुर क्षेत्रीका अनुसार आगामी फागुन ५ गते र ९ गते गरी दुई चरणमा प्र्रतियोगिता आयोजना हुँदैछ ।

प्रतियोगितामा प्रत्येक विद्यालयबाट कुनै पनि कक्षाका १० जना विद्यार्थीहरु सहभागिता हुन पाउने जानकारी दिंदै नेपाली र अग्रेंजी दुबै भाषामा लेखन प्रतियोगिता हुने संयोजक केसीले बताउनुभयो । “विद्यार्थीहरुमा लेखन सीपको विकास र उनीहरुले पढ्दै आएको विषयमा दक्षता होस भन्ने अभिप्राय हाम्रो प्रतियोगिताको मुल उद्धेश्य हो,” उहाँले भन्नुभयो । प्रतियोगितामा प्रत्येक कक्षाबाट उत्कृष्ट १० जनालाई पुरस्कृत गरिने छ । प्रतियोगितामा निजि तथा सरकारी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् ।

गण्डकी प्रदेशमा यस्तो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको बताउँदै आर्थिक संयोजक दिपक सारु मगरले उत्कृष्टहुने विद्यार्थीहरुको स्मारिका प्रकाशन गर्ने संगै उनीहरुलाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता गराइने बताउनुभयो । । उक्त प्रतियोगिताको सहयोगी संस्थाको रुपमा ओ.एल.ए, प्रगती मावि, भाष्कर मेमोरियल मावि र ग्लोबल कलेजियट मावि रहेका छन् ।

Comments
Loading...