पोखरा,७ भदौ । पोखरामा आज पुनः दुई जना कोरोना संक्रमित थपिएका छन् ।
वडा नं १६ मा ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी ट्याक्सी चालक हुन् । त्यसैगरी सोही वडाका ३१ वर्षीया महिलामा क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी नवलपरासीमा छ जना थपिएका छन् । उनीहरु सबै विनयी त्रिवेणीका हुन् । गोेरखाका पनि एक जना थपिएका छन् । संक्रमितहरुको कन्ट्याक ट्रेसिकका हुन् ।
हालसम्म प्रदेशमा संक्रमितको संख्या एक हजार ८७९ पुगेको छ भने एक हजार ६११ जना निको भएका छन् ।