व्यवसायीलाई मर्का पर्दा साथ दिन्छु,संस्थालाई झकझकाउने छु : पोखरेल

हिमाली आवाज । पोखरा उद्योग बाणिज्य संघको यही भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनले पोखराका सबै उद्योगी व्यवसायीलाई तताएको छ ।

महाधिवेशनको महिना दिनअघिदेखीनै दुई पक्ष प्यानलनै बनाएर चुनावी मैदानमा होमिएको छ । प्यानलबाहेकनै केही उद्योगी व्यवसायीहरुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर मैदानमा होमिएका छन ।

पोखरामा लामो समयदेखी फेन्सी व्यवसाय गर्दै आउनुभएका यादव प्रसाद पोखरेल पनि महाधिवेशनमा कार्यसमिति सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।

विशेषगरी फेन्सी व्यवसायमा आवद्ध उहाँ पोखरा उद्योग बाणिज्य संघलाई परिर्वतित सन्दर्भमा नयाँ ढंगबाट सबै उद्योगी व्यवसायीले अपनत्व हुने संस्थामा रुपमा विकास गर्नुपर्ने बताउनुहुन्छ । संघलाई सबैको साझा संस्था बनाउने र संघमा राजनीति हुन नदिनेनै आफ्नो मुख्य चुनावी एजेण्डा रहेको पोखेरल बताउनुहुन्छ ।

हिमाली आवाजसँग कुरा गर्दै पोखरेलले भन्नुभयो,“पोखरामै बसेर व्यापार गर्ने सन्दर्भमा वर्षौदेखी दैनिक रुपमा नयाँ नविनतम अप्ठ्याराहरु सामना गरिरहनुपर्ने सन्दर्भमा उद्योग बाणिज्य संघ केवल नामको मात्रै संघ रहेको छ । साँच्चीकै व्यवसायीलाई मर्का पर्दा कसरी उत्रने र २१ औँ शताव्दीमा पुरातन ढर्राबाट व्यवसायमा लाग्ने अवस्थामा समग्र व्यवसायीलाई नौलो प्रयोगद्धारा नयाँ परिवेशनमा नयाँ व्यवसायमा पनि कसरी स्थापित हुने बारेमा बहस पनि नभइरहेको सन्दर्भमा समग्र संस्थालाई झकझकाउनको निम्ति मेरो उम्मेदवारी हो ।”

कार्यसमिति सदस्य पदका प्रत्याशी पोखरेलले वंशवाद, कृपावाद, नातावाद र पार्टीवादले जहाँ त्यहीँ योग्य उम्मेदवार पाखा परिरहेको बताउनुभयो । उहाँले जान्ने, बुझ्ने र सुधार्ने तप्काबाट यसमा मौनता साँध्ने हो भने व्यवसायको स्तरलाई माथि उकास्ने  होइन अझै अधोगतिको सामना गर्नुपर्नेमा दुईमत नहुने ठोकुवा गर्नुहुन्छ ।

“व्यापारीहरुमा लम्पसारवाद प्रवृत्ति मात्रै छैन उद्योग क्षेत्रमा अथाह सम्भावना र त्यसलाई दोस्रो पुस्तामा रुपान्तरण गरी सुनौलो पोखराको रुपरेखा कोर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन पनि उम्मेदवार बन्नु परेको हो । ” पोखरेलले भन्नुभयो ।

सामाजिक कार्यमा लागेर राजनीतिक लाभ लिने घृणित सोच भन्दा कयौ गुणा पर वसी व्यवसायमा नयाँ रक्तसञ्चार कसरी भर्न सकिन्छ, सामाजिक कार्यलाई साँच्चीकै समाज परक बनाई अपार आत्मसन्तुष्टि कसरी लिन सकिन्छ भन्ने मनोभावबाट केन्द्रित भई राम्रो प्लेटफर्म आफूले बनाउन खोजेको उहाँले जानकारी गराउनुभयो ।

पोखरेलले समभावपूर्ण नेतृत्व प्रणालीलाई अंगीकार गर्ने आजको वास्तविक अवस्थाको मध्यनजर गरी सामूहिक प्रणालीमा ठूला ठूला परियोजनाहरु अगाडि बढाई छुट्टै आम्दानीको स्रोतको पहिचान पोखरेली व्यवसायीलाई गराउन प्रयास गर्ने बताउनुभयो ।

पोखरेलले भन्नुभयो,“मेरो लक्ष्य र दृढनिश्चता विजयमा परिणत गराउन चाहनुहुने महानुभावले मलाई मतदान गरी विजयी गराइदिनुहुन्छ भन्ने विश्वास छ । व्यवसायीको भरोसा र विश्वासलाई कदापी खेर जान दिने छैन ।”

Comments
Loading...