हिमाली आवाज । पोखराका क्रियाशील पत्रकार सन्देश श्रेष्ठ घरभाडा सरोकार पत्रकारिता पुरस्कार–२०७९ बाट पुरस्कृत हुनुहुने भएको छ ।
नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले स्थापना गरेर सञ्चालन गर्दै आएको सो पुरस्कार यही भदौ १८ गते संस्थाको १५ औँ साधारणसभा पाँचौ अधिवेशनका अवसरमा प्रदान गर्न लागिएको हो । पुरस्कारको राशी रु १० हजार १०० तथा सम्मानपत्र र दोसल्ला रहेको छ ।
घरभाडा सरोकार लगायतका जनचासोका विविध विषयहरुमा पत्रकारिताका माध्यमबाट आम नागरिकलाई सुसुचित गराएकामा श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष कमल न्यौपानेले बताउनुभयो ।
पत्रकार श्रेष्ठ विगत दुई दशकदेखी पोखरामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ हाल नागरिक दैनिक तथा एभेरष्ट एफएम र एभरेष्ट आवाज अनलाईनमा आवद्ध हुनुहुन्छ । संस्थाले पोखरामा क्रियाशील एक जना पत्रकारलाई अधिवेशनका समयमा पुरस्कृत गर्दै आएको छ ।
घरभाडा सरोकार महासंघका केन्द्रीय अध्यक्ष अधिवक्ता बलभद्र खनालको प्रमुख आतिथ्यतामा साधारणसमा हुन लागेको अध्यक्ष न्यौपानेले बताउनुभयो । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सरोकार समितिले घरधनी तथा घरबहालमा बस्नेहरुको संस्था हो ।