पोखरा स्पोर्टस् अवार्डबाट तीन लाख ७४ हजार बचत

हिमाली आवाज । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले ‘पोखरा स्पोर्टस् अवार्ड २०७८’ बाट तीन लाख ७४ हजार रूपैयाँ बचत गरेको छ ।
सार्वजनिक आयव्यय विवरणअनुसार २२ लाख ९ हजार १ सय ६३ रूपैयाँ कुल आम्दानी गरेकामध्ये १८ लाख ३४ हजार २ सय ८७ रूपैयाँ खर्च हुँदा ३ लाख ७४ हजार ८ सय ७६ रुपैयाँ मात्र बचत भएको हो।

केही व्यापारिक प्रतिष्ठानबाट २ लाख ३९ हजार रूपैयाँ उठ्न बाँकी रहेको र सोही रकमबाट १ लाख ३ हजार १ सय २३ रूपैयाँ तिर्न बाँकी रहेको मञ्चकी कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्ती मगरले जानकारी दिनुभयो ।

मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ। गत असारमा भएको छैटौं सस्करणको अवार्ड कार्यक्रममा वर्ष पुरुष÷महिला खेलाडीमा क्रमश प्रदिप खड्का र अरुणा शाही घोषित हुनुभएको थियो । उहाँहरुले एक–एक थान इलेक्ट्रिक स्कुटर पाउनुभयो ।

Comments
Loading...