एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला

झापा । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

उनीहरूले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको छैन । सोही चिया बगानमा काम गर्दै आएका उनीहरू शनिबार दिउँसोदेखि घरबाट सम्पर्कविहीन भएको र बिहान रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेको बताइन्छ ।

Comments
Loading...