प्रधानमन्त्री ओलीको निर्देशनपछि कक्षा १२ को परीक्षा सर्यो

हिमाली आवाज । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुनेगरि सरेको छ ।

शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सार्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । मङ्गलवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन परीक्षा सार्न बोर्डलाई निर्देशन दिनुभएको थियो । यसअघि बिहान बसेको परीक्षा बोर्डले तोकिएको समय वैशाख ११ गते नै निजामती कर्मचारी परिचालन गरेरै भएपनि परीक्षा गर्ने निर्णय गरेको थियो ।

Comments
Loading...