शिक्षामन्त्री भट्टराईद्धारा अकस्मात पदबाट राजीनामा

हिमाली आवाज । शिक्षामन्त्री विद्या भट्टराईले अकस्मात राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको उहाँको सचिवालयले जनाएको छ ।

शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । यो विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै आएको बताइन्छ । पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले बोलेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै भट्टराईले असन्तुष्टि जनाएको बताइएको छ ।

Comments
Loading...