पोखरामा नयाँ शैक्षिक सत्रको नियमित कक्षा वैशाख ११ देखी सञ्चालन हुने

हिमाली आवाज । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को वैशाख ११ गते नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै महानगरले विद्यालयहरूलाई नियमित पठन–पाठन कार्य गर्न अनुरोध गरेको छ ।

महानगरको शिक्षा महाशाखाले जारी गरेको सूचनामा शैक्षिक क्यालेन्डर अनुसार वैशाख ८ गतेदेखि पठन–पाठन सुरु गर्ने उल्लेख भए तापनि, भर्ना प्रक्रिया तथा आवश्यक पूर्वाधार व्यवस्थापनमा समय लाग्ने भएकाले नियमित कक्षा ३ दिन पछि सारिएको जानकारी गराइएको छ।

Comments
Loading...