पोखराको चिप्लेढुँगामा खुल्यो जापानिज निप्पोन एजुकेशन कन्सल्टेन्सी

हिमाली आवाज । पोखराको मुख्य बजार चिप्लेढुँगामा ‘लेट्स गो निप्पोन’ एजुकेशन प्रालि कन्सल्टेन्सी सञ्चालनमा आएको छ ।

नेपाली नयाँ वर्ष २०८२ को पहिलोदिन आज सोमबारदेखी जापान पढ्न तथा काम गर्न जानेहरुलाई लक्षित गरी सो कन्सल्टेन्सीले सेवा सुभारम्भ गरेको हो । जापानमा साढे दुई दशक बढी बसेर आउनुभएकी लक्ष्मी तामाङ कोइरालाले सो कन्सन्टेन्सी सञ्चालनमा ल्याउनुभएको हो ।

अध्ययनका लागि जापान जाने विद्यार्थी बढेसँगै उनीहरुलाई गुणस्तरीय शिक्षासँगै जापानको सांस्कृतिक, कानुनी विषयमा व्यवहारिक ज्ञान दिँदै गुणस्तरीय जापानिज भाषा अध्यापन गराउने आफूहरुको उद्धेश्य रहेको सञ्चालिका कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पछिल्लो समय नेपाली विद्यार्थीहरुको महत्वपूर्ण गन्तव्य जापान बनेको छ । त्यसैले हामीले जापानीज भाषा पढाउनुका साथै जापान जाँदा र गएपछि त्यहाँ गर्नुपर्ने र गर्न नहुने कामका बारेमा विद्यार्थीलाई राम्रोसँग सिकाएर पठाउँछौँ ।”

पोखरा तथा नेपालमा जापानिज कन्सल्टेन्सीहरु धेरै रहेपनि निप्पोनले विद्यार्थीलाई भाषामा सक्षम बनाएर अध्यापनदेखी कामको खोजी गरिदिने जनाएको छ ।

जापानमा प्रधान कार्यालय रहेको आमेया कम्पनी अफ जापान सँगको सहकार्यमा पोखरामा कन्सल्टेन्सी खोलिएको उहाँले बताउनुभयो । जापान र पोखरामा समेत होस्टलको सुविधा रहेकाले विद्यार्थीलाई सजिलो हुने बताइन्छ ।

“जापानमा विदेशीहरुका लागि काम लगायतमा सहयोग गर्ने गरी २० वर्षअघि खुलेको कमैया कम्पनीसँग सहकार्य गरेका छौँ । सोही कम्पनीमा जोडिएर निप्पोन कन्सल्टेन्सी खोलिएको हो । जापान गएर कामको लागि कता जाउँ भनेर भौँतारिनु प्रदैन। राम्रोसँग पढेर जानुहोस् कम्पनीले जागिर लगाइदिन्छ ।” कोइरालाले भन्नुभयो ।

जापानमा २५ वर्षसम्म बसेर आएका शिक्षकहरुले जापानिज भाषादेखी त्यहाँको जीवनशैलीका बारेमा समेत विद्यार्थीलाई जानकारी दिने भएकाले नेपालीहरुका लागि सहज हुने कन्सल्टेन्सीका सञ्चालन निरज कोइरालाले जानकारी दिनुभयो । उहाँले जापानमा आफ्नै होस्टल रहेकाले समेत सहज हुने साथै जापानीज शिक्षकहरुले बेला बेलामा आएर तालिम तथा अभिमुखीकरण दिने बताउनुभयो ।

“हाम्रोमा जापानमा २५ वर्ष बढी बस्नु भएका अनुभवि शिक्षकहरुले अध्यापन गराउनुहुनेछ । जापानको जीवनशैली र कसरी बाँच्न सकिन्छ भनेर सिकाउनुहुनेछ । जापानमा आफ्नै होस्टेल रहेको छ ।” सञ्चालक कोइरालाले भन्नुभयो । जापनका २५ बढी कलेजसँगको कन्सल्टेन्सीको सहकार्य रहेकाले विद्यार्थीहरुले आफ्नो छनोट अनुसारको उपयुक्त कलेज छान्न पाउने उहाँको भनाई छ ।

आमेया कम्पनीका प्रोपाइटर राज पाण्डेले जापान आउने नेपाली लगायत अन्य देशका विद्यार्थीहरुलाई आफूहरुले सहजीकरण गर्दै आएको बताउनुभयो । उहाँले पोखरामा आफूहरुसँगको सहकार्यमा खोलिएको निप्पोन शाखाले राम्रो सेवा दिने समक्ष हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...