फोहोरबाट मोहोरमा रूपान्तरण परियोजना : दुइदिने हस्तकला तालिम

हिमाली आवाज । चितवनको भरतपुर महानगरपालिका वडा नं. १९, रामपुर, चितवनमा आईएएएस नेपाल र आई.ए.ए.एस. नेपाल एलसी ए.एफ.यूद्वारा फोहोर बाट मोहोरमा रूपान्तरण परियोजना अन्तर्गत दुइदिने हस्तकला तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

यो परियोजना स्थानीय महिलाहरूलाई कृषिजन्य अवशेषहरू पुनः प्रयोग गरी हस्तकला उत्पादनमा संलग्न गराई उनीहरूको आयआर्जनको सम्भावना बढाउने उद्देश्यले सञ्चालन गरिएको कुरा आई.ए.ए.एस. नेपाल एलसी ए.एफ.यू का अध्यक्ष किरण खनालले बताउनुभयो।

स्थानीय महिलाहरूका लागि दुईदिने व्यावसायिक तालिम परियोजनाको मुख्य आकर्षण दुई दिने व्यावहारिक तालिम थियो । तालिममा ३५ जना स्थानीय महिलाहरूले भाग लिएका थिए । प्रशिक्षकहरू लक्ष्मी कँडेल र रिवा श्रेष्ठको मार्गदर्शनमा सहभागीहरूले मकैको खोस्टा, धानको पराल जस्ता अवशेषबाट चकटी, बुके, टोपी र डोरम्याट बनाउन सिक्ने अवसर प्राप्त गरे।

तालिमको पहिलो दिन सहभागीहरूलाई परियोजनाको उद्देश्य, फोहोर व्यवस्थापन प्रविधि र सम्भावित बजार अवसरबारे जानकारी गराइएको थियो। प्रशिक्षकहरूले हस्तकला सामग्री उत्पादनका लागि आवश्यक सामग्रीहरू वितरण गर्नु भयो र भिडियो मार्फत सिकाइ प्रक्रियालाई प्रभावकारी बनाइयो।

सहभागी महिलाहरूले यस्तो अवसर प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै, यो कार्यक्रम आफूहरूका लागि सशक्तिकरणको नयाँ ढोका भएको उल्लेख गर्नुभयो ।उहाँहरूले तालिममार्फत प्राप्त ज्ञानले आत्मनिर्भरता र आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो।

कार्यक्रममा सहभागी महिलाहरूको उत्साह, सिक्ने चाहना, र भविष्यमा हस्तकला व्यवसायमा लाग्ने प्रतिबद्धताले कार्यक्रमको प्रभावकारितालाई अझ सुदृढ बनाएको छ। यस कार्यक्रमले महिला सशक्तिकरण, वातावरणीय संरक्षण र फोहोर व्यवस्थापनलाई एकसाथ सम्बोधन गर्ने उदाहरणीय प्रयासको रुपमा आफूलाई स्थापित गरेको छ।

परियोजना सञ्चालन अघि गरिएको सर्वेक्षण अनुसार ८० भन्दा बढी किसानहरूले फोहोर पुनः प्रयोगसम्बन्धी तालिममा चासो देखाएका थिए। साथै, १० भन्दा बढी होटल व्यवसायीहरूले वातावरणमैत्री हस्तकला सामग्री खरिद गर्न इच्छुक रहेको जानकारी गराए।

“फोहोरबाट मोहोरमा रूपान्तरण “ परियोजनाले वातावरणीय स्थिरता प्रवद्र्धन गर्नुका साथै स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा ठोस योगदान पु¥याएको छ। भविष्यमा परियोजनालाई अझ प्रभावकारी बनाउनका निम्ति तालिमको निरन्तरता,बजार विस्तार,आर्थिक स्रोत परिचालन जस्ता कार्यहरु अगाडि बढाउन पर्ने यसै संस्थाको अध्यक्ष बताउनुहुन्छ ।

Comments
Loading...