हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) मजदुर विशेष शाखा कास्कीको दोस्रो अधिवेशन आज पोखरामा सम्पन्न भएको छ । सो अधिवेशनले तीर्थ अधिकारीको अध्यक्षतामा ३१ सदस्सीय कमिटी निर्वाचित गरेको हो ।

शाखा कमिटीको उपाध्यक्षहरुमा महिमा शाही, जमुना शेर्पा, बालकुमार खवास र विष्णु पौडेल चयन हुनुभयो । यसैगरी सचिवमा डिलबहादुर गुरुङ, सहसचिव भोजराज आचार्य र कोषाध्यक्ष रमेश घिमिरे रहनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य हरिराज अधिकारीले गणतन्त्रको रक्षाका लागि सबै जना एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले माओवादी केन्द्र मात्र वास्तविक रुपमा मजदुरको पार्टी भएको उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु नेत्रनाथ अधिकारी, राजकाजी गुरुङ, रामजी प्रसाद बराल, तेजकुमारी पौडेल, पार्टी प्रदेश कमिटीका अध्यक्ष गायत्री गुरुङ, मजदुर नेता रुद्र गौतम, एलवी थापा लगायतले मजदुरहरुलाई विगतको जस्तै परिर्वतनको आन्दोलनमा गरेको भूमिका जस्तै पाटी र नेतृत्वको रक्षाका लागि अगाडि बढ्न आग्रह गर्नुभएको थियो । मजदुर विशेष शाखाका अध्यक्ष टंक पौडेलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।