हिमाली आवाज । नेपाल इन्जिनियरिङ परिषद्ले काठमाडौँपछि पहिलो पटक पोखरामा इन्जिनियर व्यवसायी दर्ताको लाइसेन्स परीक्षा सञ्चालन गरेको छ । पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा यही चैत २९ र ३० गते दुई दिन इन्जिनियरिङ विधामा स्नातक तह उत्तिर्ण भएका इन्जिनियरहरुका लागि लाइसेन्स परीक्षा लिएको हो ।
सङ्घीयताको मर्म अनुसार परीक्षालाई राजधानी बाहिर समेत विकेन्द्रित गरिएको नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्य सचिव शिवमंगल गिरीले बताउनुभयो ।
विसं २०७९ मा परिषद्ले पहिलोपटक परीक्षा सुरु गरेकामा काउन्सिलको परीक्षा राजधानी बाहिर समेत सञ्चालन भएपछि विद्यार्थीलाई सजिलो भएको छ । यसबाट परीक्षाका लागि भनेर काठमाडौँ जानुपर्ने झन्झट र बाध्यता हटेको छ ।
सङ्घीयताको मर्म अनुसार परीक्षालाई राजधानी बाहिर समेत विकेन्द्रित गरिएको नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्य सचिव शिवमंगल गिरीले बताउनुभयो । काउन्सिलको परीक्षा राजधानी बाहिर समेत सञ्चालन भएपछि विद्यार्थीलाई सजिलो भएको छ । यसबाट परीक्षाका लागि भनेर काठमाडौँ जानुपर्ने झन्झट र बाध्यता हटेको छ ।
उहाँका अनुसार इन्जिनियर उत्तिर्ण भएका इन्जिनियरहरुले इन्जिनियरिङ व्यवसाय गर्नको लागि लाइसेन्स परीक्षा पास भएर काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । काउन्सिलको परीक्षा राजधानी बाहिर समेत सञ्चालन भएपछि विद्यार्थीलाई सजिलो भएको छ । यसबाट परीक्षाका लागि भनेर काठमाडौँ जानुपर्ने झन्झट र बाध्यता हटेको छ ।

पश्चिमाञ्चल क्याम्पसमा परीक्षाका लागि दुई सय ६७ विद्यार्थीले आवेदन दिएकामा दुई सय ५७ जना सहभागी भएका थिए । त्यसमा एक सय ४७ जना मात्र उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशत ५७ दशमवल २० रहेको बताइन्छ ।
काउन्सिल ऐन जारी भएपछि विसं २०७९ देखी परीक्षा लिन सुरु गरिएको थियो । यसअघिका सबै परीक्षामा काठमाडौँमा हुने गरेका थिए ।
परिषद्ले हालसम्म सात पटक परीक्षा लिइसकेको छ । काउन्सिलले कम्प्युटरमा आधारित भएर परीक्षा सञ्चालन गर्ने गरेको छ ।
“अहिले आठौँ पटक पोखराबाट परीक्षा सुरुआत गरेका छौँ, यसबाट प्रदेशबाट आउने र बाहिरबाट आउने परीक्षार्थीहरुलाई काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । विद्यार्थीलाई सरल र सजिलो होस् भनेर सुरुआत गरेका हौँ। यसबाट अन्य प्रदेशमा जानका लागि हामीलाई बाटो खुलेको छ ।” काउन्सिलका रजिस्टार तथा सदस्यसचिव गिरीले भन्नुभयो ।
पोखरामा कुनै समस्या बिना राम्रोसँग परीक्षा सञ्चालन भएको उहाँले बताउनुभयो । काउन्सिलले तीन महिनाको अन्तरमा वर्षमा चार पटक परीक्षा सञ्चालन गर्दै आएको छ ।पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख निर्मलप्रसाद बरालले प्रविधिलाई प्रोत्साहन गर्दै परीक्षा सञ्चालन गर्न सफल भएको बताउनुभयो । उहाँले यस परीक्षापछि क्याम्पसको कन्फिडेन्सल लेबल अझ बढेको बताउनुभयो ।
बरालले भन्नुभयो,“इन्जिनियरिङ काउन्सिलले नीतिगत हिसावले सबै परीक्षालाई विकेन्द्रित गर्दै आएको छ । नेपालमा मात्र होइन विदेशका विश्वविद्यालयबाट समेत अध्ययन पूरा गरेका विद्यार्थीले यो परीक्षा दिन सक्दछन् । हामीले सोही अनुसार पूर्वाधार समेत तयार गर्दै लगेका छौँ ।”
क्याम्पस प्रमुख बरालले क्याम्पसको पूर्वाधारका हिसाबले एक ‘सिफ्ट’मा ८० जनालाई परीक्षामा सहभागी गराउन सकिएको बताउनुभयो ।
परिषद्का बोर्ड सदस्य राममणि अधिकारीले काउन्सिल ऐनमा व्यवस्था अनुसार विकेन्द्रित करणलाई आत्मसाथ गर्दै बढेको र पश्चिमाञ्चल क्याम्पसको प्रविधिले परीक्षालाई सहज बनाएको बताउनुभयो ।
परीक्षार्थी संगिता रिजालले पोखरामै परीक्षा दिन पाउँदा सजिलो भएको बताउनुभयो । समय र खर्च दुबै बचत भएको भनाई उहाँको छ ।
इन्जिनियरको रुपमा काम गर्नको लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तिर्ण हुनुपर्छ । परीक्षामा उतिर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले इन्जिनियरका रुपमा काम गर्न नपाउने व्यवस्था गरिएको छ ।